देउमाईमा जनसुरक्षालाई प्राथमिकता, प्रत्येक वडामा प्रहरी विट स्थापनाको पहल

  नयाँ बुलन्द
140 Shares

इलाम : नागरिकको जीवन र सम्पत्तिमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने लक्ष्यका साथ देउमाई नगरपालिकाले सुरक्षासम्बन्धी नीति तथा कार्यक्रमलाई थप सुदृढ बनाउँदै अघि बढेको छ । बुधबार दशौं नगरसभाबाट पारित नीति अनुसार नगरले शान्ति, सुरक्षा र सहकार्यलाई नीति तहबाटै मजबुत पार्ने रणनीति लिएको हो ।

नगर क्षेत्रका सम्पूर्ण बासिन्दाको सुरक्षाका लागि विभिन्न सुरक्षा निकायहरूसँग घनिष्ठ समन्वय गर्ने नीतिलाई निरन्तरता दिइने जनाइएको छ ।नगरभित्र नगरप्रहरीको व्यवस्थापनलाई अझ सशक्त बनाउने योजना अघि सारिएको छ ।

प्रत्येक वडामा स्थानीयस्तरमै प्रहरी सेवाको पहुँच सुनिश्चित गर्न प्रहरी विट स्थापना गर्न सम्बन्धित निकायसँग पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार