देउमाईको उद्योग तथा सहकारी नीति : लघु उद्योग प्रवर्द्धनदेखि सहकारी सुधारसम्म

  नयाँ बुलन्द
28 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले स्थानीय श्रोत, कच्चा पदार्थ र संस्थागत प्रणालीको अधिकतम प्रयोग गर्दै घरेलु तथा साना उद्योग, सहकारी व्यवस्थापन र संघ-संस्था सम्बन्धी व्यापक नीति अघि सारेको छ । बुधबार नगरपालिकाको दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत स्थानीय उद्यम प्रवर्द्धन र सहकारी क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिइएको हो ।

स्थानीय श्रोतसाधनको उपयोग गर्दै घरेलु तथा साना उद्योग, कृषिजन्य र वनजन्य उद्योगको स्थापनामा प्रोत्साहन दिने नीति लिइएको छ। यसका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गरिने जनाइएको छ ।

सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित नगरमा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई कोपो एम.आई.एस. प्रणालीमा अनिवार्य रूपमा आबद्ध गरिने भएको छ । यसले सहकारी गतिविधिहरूलाई अनलाइनमार्फत निगरानी तथा मूल्यांकन गर्न सहज बनाउनेछ ।

साथै, नगरपालिकाले सहकारी तथा संघ-संस्थाहरुको नुगमन कार्यलाई विधि र कार्यविधि अनुसार निरन्तरता दिने निर्णय गरेको छ । गुणस्तरहीन सेवा वा समस्याग्रस्त सहकारी संस्थालाई खारेज वा मर्जर (गाभिने) प्रक्रिया अघि बढाउन आवश्यक नीति लिने बताइएको छ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार