देउमाई नगरपालिकाको राजस्व नीति : करको दर होइन, दायरा विस्तारमा जोड

  नयाँ बुलन्द
280 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले राजस्व संकलनमा जनमुखी र प्रगतिशील दृष्टिकोण अपनाउँदै करको दर वृद्धि नगरी करदाताको दायरा विस्तार गर्ने नीति अघि सारेको छ । बुधबार दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार, स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्दै प्रगतिशील कर संकलन नीति लागू गरिने भएको छ।

नवीन राजस्व व्यवस्थापन अन्तर्गत, नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई करदायित्वमा ल्याउने नीति अवलम्बन गरिनेछ । यसले कर संकलन प्रणालीलाई न्यायोचित बनाउने र नगरको विकासका लागि आवश्यक स्रोत जुटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाको आन्तरिक स्रोत अभिवृद्धि का लागि सार्वजनिक तथा सामुदायिक वनका उत्पादन, ढुंगा, गिट्टी, बालुवा, जलचर, वन्यजन्तु तथा जडिबुटीको कारोबारलाई करको दायरामा ल्याइने नीति समेत तय गरिएको छ। यससँगै स्रोत व्यवस्थापन पारदर्शी र दिगो बनाउने उद्देश्य राखिएको छ ।

नगरको समग्र राजस्व वृद्धि सुनिश्चित गर्न यसअघि तयार पारिएको राजस्व सुधार योजनालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार