इलाम : सामाजिक न्याय र मानविय सेवाको भावनालाई केन्द्रमा राख्दै देउमाई नगरपालिकाले गम्भीर रोगबाट पीडित तथा वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकका परिवारलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
बुधबार दशौं नगरसभाबाट पारित नीतिअनुसार, मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण जस्ता गम्भीर रोगबाट ग्रसित बिरामीहरूलाई राहतस्वरूप दिइँदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिनेछ । यस पहलले उपचार खर्चमा भारी आर्थिक बोझ व्यहोर्दै आएका पीडित परिवारलाई केही राहत दिने विश्वास गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नागरिकका सन्तानहरूलाई रोजगारी बोर्डमार्फत अध्ययन छात्रवृत्ति नपरेको अवस्थामा नगरपालिकाले आफ्नै स्रोतबाट छात्रवृत्ति प्रदान गर्ने नीतिलाई निरन्तरता दिनेछ ।
नगरपालिकाले यस कदमलाई सामाजिक सुरक्षा प्रणाली सुदृढीकरणतर्फको जिम्मेवार र संवेदनशील अभ्यासका रूपमा लिएको छ। नगरप्रमुख सुर्यप्रसाद पोख्रेलका अनुसार, ‘सामाजिक रूपले पछाडि पारिएका वर्गलाई राज्यको माया र साथ महसुस हुने गरी कार्यक्रमहरू अगाडि बढाइनेछ ।’
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :