सञ्चार क्षेत्रलाई प्रोत्साहन र सुदृढीकरण गर्ने देउमाई नगरपालिकाको नीति

  नयाँ बुलन्द
161 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले सञ्चार क्षेत्रको विकास र प्रवर्धनलाई प्राथमिकता दिदै स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीति निरन्तरता दिने घोषणा गरेको छ ।

बुधबार दशौं नगरसभाबाट पारित भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअनुसार नगरपालिकाभित्र सूचना केन्द्र स्थापना गरिने छ । जसले नगरसम्बन्धी सबै जानकारी सहज र छरितो रूपमा सर्वसाधारणलाई उपलब्ध गराउने अपेक्षा लिएको छ ।

त्यस्तै, सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि नगर सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति तथा कार्यक्रम पारित गरेको छ ।

त्यसैगरी सूचना प्रविधिको युगसँग तालमेल मिलाउँदै देउमाई नगरपालिकाले सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र जनमैत्री बनाउने उद्देश्यसहित सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको विस्तार र आधुनिकीकरणमा केन्द्रित नीति पारित गरेको छ ।

विद्यालयहरूको शैक्षिक गुणस्तर तथा प्रशासनिक दक्षता सुधारका लागि नविनतम प्रविधिको प्रयोग गरिने भएको छ । शैक्षिक ढाँचा सुधार गर्न प्रविधिको भरपूर उपयोग गर्ने नीति अवलम्बन गरिँदैछ । यसबाहेक, नगरपालिका सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइने छ । सेवा केन्द्रहरूमा ई-सेवा केन्द्रको स्थापना गरिने नीति पारित भएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार