देउमाई नगरपालिकाको समावेशी दृष्टिकोण: लक्षित वर्गका लागि संरचना, सुरक्षा र स्वाभिमानमा जोड

  नयाँ बुलन्द
203 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत नगरले समावेशी विकास, लैङ्गिक समानता र लक्षित वर्गको सशक्तिकरणलाई नीति निर्माणको केन्द्रमा राखेको छ । समावेशी, सुरक्षित र समान अवसरयुक्त समाज निर्माणका लागि नगरले विभिन्न कार्यक्रमको निरन्तरतासहित प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

नगरले घरेलु तथा लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै, पीडित व्यक्तिहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम अघि सारेको छ। यसले हिंसाबाट प्रभावित महिलाहरूलाई सामाजिक सुरक्षा दिने विश्वास नगरले लिएको छ ।

बाल अधिकारको पक्षमा पनि नगर सशक्त ढंगले उभिएको छ । बालमैत्री नगरपालिका निर्माण तथा बालश्रम अन्त्यका लागि दीर्घकालीन नीति अवलम्बन गरिने जनाइएको छ ।

महिलाको आर्थिक सशक्तीकरणमा केन्द्रित महिला प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिँदै नगरभित्रका दिदीबहिनीहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने, साथै स्थानीय स्रोत–साधन परिचालनमार्फत रोजगारी सिर्जना गर्ने नीति अघि सारिएको छ ।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापनका लागि आवश्यक सहयोग सामग्री वितरण तथा प्रदेश सरकारको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई समेत निरन्तरता दिने भएको छ ।

नगरले लक्षित वर्गको आवास सुरक्षाका लागि भवन निर्माण कार्यक्रमलाई पनि निरन्तरता दिने नीति लिएको छ । यसबाट अशक्त, गरिब तथा जोखिममा परेका नागरिकको सम्मानजनक जीवनयापनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार