‘हाम्रो देउमाई, उज्यालो देउमाई’ अभियानअन्तर्गत पूर्ण विद्युतीकरण पालिका घोषणा गरिने

  नयाँ बुलन्द
35 Shares

इलाम : इलामको देउमाई नगरपालिकाले दशौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममार्फत विद्युत तथा वैकल्पिक उर्जाको क्षेत्रमा महत्वपूर्ण निर्णयहरू अघि सारेको छ । ‘हाम्रो देउमाई, उज्यालो देउमाई’ अभियानलाई साकार बनाउँदै पूर्ण विद्युतीकरण पालिका घोषणा गर्ने गरी आवश्यक नीति अवलम्बन गरिने भएको छ ।

बुधबार दशौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रम  विद्युत आपूर्तिका साथै वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रमलाई पनि नगरले उच्च प्राथमिकतामा राखेको छ ।

यो नीति कार्यान्वयनसँगै देउमाई नगरपालिकाले ऊर्जा आत्मनिर्भरता, वातावरणीय संवेदनशीलता र ग्रामीण विकासलाई एकसाथ अघि बढाउने विश्वास लिएको छ । विद्युतीकरणसँगै उद्योग, कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रको गुणस्तर पनि सुधारिने अपेक्षा गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार