चियाखेती सुधारका लागि सूर्योदय नगरपालिकाद्वारा १६० कृषकलाई हाते मेसिन वितरण

  नयाँ बुलन्द
70 Shares

इलाम : ‘कृषकसँग समृद्धि अभियान’ अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले चिया गुणस्तर प्रवर्द्धनका लागि एक सय ६० कृषकलाई ब्याट्रीबाट चल्ने हाते मेसिन वितरण गरेको छ ।

सूर्योदय नगरपालिका कृषि सेवा शाखाको संयोजनमा बुधबार नगरपालिकाको कार्यालय फिक्कलमा आयोजित कार्यक्रममा नगरप्रमुख रणबहादुर राईले कृषकलाई हाते मेसिन हस्तान्तरण गरे ।

चिया गुणस्तर प्रवर्द्धन (टिपानी, ढुवानी, छाँटकाँट र बजारीकरण) कार्यक्रम अन्तर्गत ब्याट्रीबाट चल्ने हाते मेसिन वितरण गरिएको प्रमुख राईले बताए । ‘चिया टिप्ने ठूलो मेसिन प्रयोग गर्दा चिया टिपाईमा गुणस्तर नहुने साथै चिया बुटानमा रोग लाग्ने हुनाले कृषकलाई हाते मेसिन वितरण गरिएको हो,’ प्रमुख राईले भने, ‘यसले चियाको गुणस्तर अभिवृद्धि गर्दै कृषकहरुको उत्पादन र बजार पहुँच सुधार गर्ने अपेक्षा छ ।’

नगरपालिकाले सहकारी संस्था र टोल विकास संटस्थाहरुसँगको सहकार्यमा हाते मेसिन वितरण गरिएको उनले बताए । कृषकहरुलाई चियाको टिपाई, ढुवानी, काँटछाँटलगायत कार्यमा हाते मेसिन प्रयोग गर्दा समय, श्रम र लागतको बचत हुनका साथै उत्पादित चियाको गुणस्तरमा समेत सुधार आउने विश्वास रहेको नगरप्रमुख राईले बताृए ।

सूर्योदय नगरपालिकाले यसअघि विभिन्न उपकरण तथा प्राविधिक सहयोगमार्फत कृषकहरुलाई आत्मनिर्भर बनाउने अभियान सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार