पर्यटकीय क्षेत्र ‘अन्धराजा अन्धरानी’ क्षेत्र अवलोकन (तस्बीरहरु)

  नयाँ बुलन्द
133 Shares

इलाम : अनुसन्धानमूलक लेखनका लागि पत्रकारले बुधबार इलामको माङसेबुङ गाउँपालिका-४ स्थित अन्धराजा अन्धरानी क्षेत्रको अवलोकन गरेका छन् ।

माङसेबुङ गाउँपालिकाको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने क्रममा अन्धराजा अन्धरानी क्षेत्र अवलोकन गरेका हुन् ।

माङसेबुङ-४ सिङफेरेबाट किरात पदमार्गहुँदै अन्धराजा अन्धरानीसम्म पदयात्रा गरि अवलोकन गरेका थिए । पदयात्रामा ४ नं. वडा अध्यक्ष नविन लिम्बूको अगुवाईमा जनप्रतिनिधि र पत्रकारको सहभागिता थियो ।

किरात कालीन मिथक अनुसार अन्धराजा अन्धरानीको बसोबास रहेको सो क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु लागिपरेको ४ नम्बर वडा अध्यक्ष लिम्बूले बताए । त्यहाँसम्म पुग्न किरात पदमार्ग निर्माण गरिएको बताउँदै उनले थप व्यवस्थित गर्ने प्रयास भइरहेको बताए ।

कोशी प्रदेश सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२५’ लक्षित गरी माङसेबुङ गाउँपालिकासँगको समन्वयमा कार्यक्रम सुरु गरिएको संयोजक कमन देवानले बताए ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले धार्मिक, पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अगाडि बढेको बताए ।

पदयात्रामा माङसेबुङ र झापाका पत्रकारले सातदिनसम्म १८ स्थानका पर्यटकीय, धार्मिक, ऐतिहासिक क्षेत्रहरूको अवलोकन गरी अनुसन्धानमूलक लेख लेखिने बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङले बताए ।

तस्बीरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार