
काठमाडौँ: जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।
हमलामा नेपालका सुदिप न्यौपाने नाम गरेका नेपाली नागरिक रहेका भारतीय अधिकारीहरूले जनाएका छन्।
बुटवल रुपन्देहीका सुदिप न्यौपानेसहित २६ जनाको उक्त हमलामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हमलामा मारिएका नेपाली नागरिक न्यौपाने अन्य विवरण खुलिसकेको छैन। तर उनका बुवाको नाम कुशल न्यौपाने रहेको बताइएको छ।
पहलगाम श्रीनगरबाट ७० किलोमिटर टाढा रहेको बताइएको छ।






















































