दोकानडाँडामा गायिका मेचु धिमालको दमदार प्रस्तुति, बच्चादेखि बुढापाकाको भिड

  युद्धबहादुर बोहोरा
518 Shares

इलामः नेपालमा रोजगारीको अवसर नपाएर अधिकांश युवा देश बाहिर रहेको खबर सुन्न पाइन्छ अनि यथार्त पनि यही छ । नेताले भाषण गर्ने विभिन्न राजनीतिक दलका कार्यक्रममा छिटफुट मात्रै मानिसहरुको उपस्थिति हुने गर्दछ । जे जति आफ्नो घरमा छन् उनीहरु राजनीतिक कार्यक्रममा सहभागी हुन कमै चासो राख्छन् । तर, पछिल्लो समयमा विभिन्न ठाउँमा हुने महोत्सव तथा साँगीतिक कार्यक्रममा दर्शकको भने भिड लाग्ने गरेको छ । यति धेरै मान्छे कहाँबाट कसरी आउँछन् त ? यो धेरैलाई चासोको विषय बनेको छ । यी सबै कुरा हरेक मानिसको इच्छा र चाहानामा भर पर्दछ । प्रायः संगीत मन नपराउने मानिसक कमै होलान् । संगीतले सबै कुरा भन्दा बढी आनन्द दिलाउँछ भन्दा फरक नपर्ला । प्रत्येक मानिसलाई मनोरन्जन आवश्यकता पर्दछ । यसैकारण संगीत प्रेमीहरु साँगीतिक कार्यक्रम संचालन हुने थाहा पाएसंगै उनीहरुको आकर्षण त्यतातिर केन्द्रीत हुने गरेको छ । यस्तै भयो इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पास्थित दोकानडाँडा बजारमा । कक्फेवा तङ्‌नाम २०८१ का अवसरमा माघे संक्रान्तीका दिन आयोजित साँगीतिक कार्यक्रममा चर्चित गायिका मेचु धिमाल आउने प्रचारप्रसारले धेरै दर्शकको कार्यक्रम हेर्ने रहर बढेको स्थानीय संगीतप्रेमी नवीन बस्नेत बताउँछन् । राष्ट्रिय कलाकारलाई दुरदराजमा देख्न पाउने सौभाग्य ठान्दै बच्चादेखि बुढापाकहरु यस कार्यक्रममा उर्लिएर आए ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सुनिरहने नाम मेचु धिमाल । ढाकाको सारी र चौबन्दी चोली अनि परम्परागत गरगहनामा सजिएकी धिमालले आफ्नो प्रस्तुति राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो । उनले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै दोकानडाँडाको माहोलसमेत तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।

निकै लामो समयदेखि सांगीतिक दुनियाँमा आफ्नो करियर बनाउँदै यस क्षेत्रमा होमिएकी मेचुले आफैले संगीत गरेका राम्रो सृजनाहरु दर्शक तथा श्रोता सामु पस्कने गरिकी छिन् । श्रोता दर्शकले पनि रुचाउने उनको आफ्नो छुट्टै पहिचान छ । असल संस्कार तथा संस्कृतिलाई ह्रदयदेखि नै माया र सम्मान गर्दै सभ्य अनि सुन्दर प्रस्तुति दिनु आफ्नो कर्तव्य भएको उनको भनाई छ । आफ्नो सांगीतिक करियरमा सफल र लोकप्रिय गितहरुसंग संगीत प्रेमी श्रोता, दर्शक माझ आफ्नो अलग्गै पहिचान बनाउदै अघि बढिरहेकी धिमाल हाल धेरैको प्रिय गायिका बन्न सफल भएकी छिन् । भिडियो निर्देशन, गीतको सृजना र आँफै संगीत गर्न पनि अब्बल रहेकी उनले हालसम्म डेढसय हाराहारीमा गित गाईसकेकी छिन् । उनका धेरै गीतहरु लोक संगीतमा आधारित छन् । जस्लाई बुढापाकाले पनि मन पराउने गरेका छन् ।

कक्पेवा तङ्नाम मेला आयोजक समिति, फाकफोकथुम ७ एकतप्पास्थित दोकानडाँडाद्वारा आयोजित कार्यक्रममा उनीसंगै बालगायक तुफान मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई नचाए । राती ११ बजेसम्म चलेको सांगातिक कार्यक्रम झण्डै बृहत महोत्सव सरह देखियो । साँझपख संचालन भएको बृहत साँस्कृतिक कार्यक्रममा बालगायक मगरको बेजोड प्रस्तुतीले माहोल अझै मनोरन्जनात्म बन्यो । साथमा नृत्य निर्देशक तेज मगरको पनि उपस्थिति थियो । स्थानीय युवा समाजसेवी आयोजक समितिका सल्लाहकार प्रकाश परियारले साँगीतिक कार्यक्रम सञ्चालन गरेको थिए । स्थानीय कलाकरहरुको पनि प्रस्तुती थियो भने नृत्य प्रतियोगितासमेत भएको र उत्कृष्ट नृत्यकारलाई पुरस्कृत गरिएको आयोजक समितिका सचिव होमकुमार लायो मगरले जानकारी दिए ।

 

साथमा शैक्षिक तथा सन्देशमुलक कार्यक्रम पनि

दिउँसोको कार्यक्रममा फाकफोकथुम गाउँपालिका माध्यमिक विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो । साथै पालिका भित्रका विद्यालयबाट गतवर्ष एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सिंह देवी मावि एकतप्ताका छात्र शिक्षा खनाल र उत्कृष्ट नतिजा प्राप्त गर्ने जालपा मावि लुम्देलाई कदरपत्रसहित सम्मान गरिएको छ । गत शैक्षिक सत्रमा १२ कक्षामा पालिका भरिमा उत्कृष्ट जीपीए प्राप्त गर्ने सिंहदेवी मावि आमचोकका छात्र प्रतिक पौडेल र छात्रातर्फ प्रज्ञा समाललाई पनि सम्मान गरिएको छ ।

पालिका भरिका माध्यमिक तहका जम्मा ११ वटा सामुदायिक विद्यालय मध्ये पाँच वटाले हाँजिरी जवाफतर्फ सहभागीता जनाएका थिए ।  प्रथम हुने जालपा मावि लुम्दे, दोस्रो सिंह देवी मावि फुएतप्पा,तेस्रो सिंह देवी मावि एकतप्पा,चौथो सिंह देवी मावि आमचोक र पाँचौमा जनकल्याण मावि दोकानडाँडा रहेका छन् । प्रथमलाई दश हजार नगद,दोस्रोलाई नगद पाँच हजार र तेस्रोलाई तीन हजार कप,मेडल तथा प्रमाणपत्रसहित शैक्षिक सामाग्री प्रमुख अतिथि पालिका उपाध्यक्ष कल्पना राई,विशेष अतिथि किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष बुद्धमाया सोङ्मी,वडाध्यक्ष छत्रबहादुर लिम्बूलगायतका अतिथिले हस्तान्तरण गरेका थिए । यसैबीच  विभिन्न जातजातिहरूको झाँकी प्रदर्शनमा च्याब्रुङ ( केलाङ नाच) लाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमलाई फाकफोकथुम ७ नम्बर वडाकार्यालयले प्रायोजन गरेको हो ।

जनकल्याण माविका पूर्वप्रधानध्यापक दुर्गा बहादुर लिम्बुले पुरस्कारको व्यवस्थापन गरेका थिए । मेला संचालन गर्न ७ नम्बर वडाकार्यालय र देश तथा विदेशमा रहेका नेपाली साथै स्थानीवासीले आर्थिक सहयोग गरेका छन् । वक्तृत्वकला प्रतियोगितामा जनकल्याण मावि दोकानडाँडाबाट छात्रा रेजिना लिम्बू प्रथम भइन् भने सिंह देवी मावि एकतप्ताबाट रुविना खनाल दोस्रो र जालपा मावि लुम्देबाट साधना चौहान तेस्रो भइन् । खेमराज लिम्बू,काजीमान येक्तेन र राजेन्द्र योङ्हाङले शैक्षिक कार्यक्रमको गतिविधि संचालनसहित निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

साँझको कार्यक्रममा खुल्ला नृत्य प्रतियोहितमा सात जना सहभागी मध्ये प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार प्रदान गरिएको थियो । प्रथम पुरस्कार स्थानीय समाजसेवी रविन राईले व्यवस्थापन गरेका थिए भने दोस्रो पुरस्कार स्थानीय युवराज लिम्बूले अन्य आयोजकले गरेको जनाइएको छ । प्रमुख अतिथि पालिका उपाध्य राई,विशेष अतिथि सोङ्मी,वडाध्यक्ष लिम्बू,विभिन्न विद्यालयका प्रधानध्यपक,स्थानीय वासी, राजनीतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जनचेतना र सन्देशमुलक शैक्षिक कार्यक्रम र संस्कार,संस्कृति संरक्षणमा कफेक्वा तङ्नामको महत्व दर्शाउने उदेश्यले आयोजना गरिएको आयोजक समितिका अध्यक्ष पञ्चबहादुर योङ्हाङ्ले जानकारी दिए । यस ठाउँमा हरेक वर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै चर्चित कलाकारको प्रस्तुती गाउँघरमा हेर्न पाउने अवसर र मनोरन्जनसमेत दिलाउने आयोजनासमितिले अपेक्षा गर्दै पालिकाको प्रवर्दधनमा सहयोग पुर्याउने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार