मंसिर महिनामा मात्रै रोजगारीका लागि ८४ हजार युवाले नेपाल छोडे

  नयाँ बुलन्द
14 Shares

फाइल तस्वीर

मंसिरमा व्यक्तिगत र संस्थागत गरी ७० हजार ५ सय पुरुष र १३ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर ९६ देश पुगेको विभागले जानकारी दिएको छ। गत वर्षको मंसिरमा ७१ हजार २७६ जना वैदेशिक रोजगारीमा गएका थिए। गत वर्षको तुलनामा यस वर्ष १२ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका हुन्।

गत साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३४ र कात्तिकमा ७० हजार ९ सय ९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा गएकामध्ये ८५ प्रतिशतभन्दा बढी खाडीदेश गएको पनि तथ्यांक छ।

गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले  जानकारी दिएको छ।
यस्तै गत पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत वर्षको तुलना यस अवधिमा रेमिटेन्समा ९.१ प्रतिशत को वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार