हामी नेपालीहरुमा कुनै पनि विषयमा प्रश्न गर्नु, जिज्ञासा राख्नु, जान्न चाहनु, बुझ्न चाहनु भनेको नै कसै (जो कोही) द्धारा परिचालित हुनु वा कसैले परिचालन गरेको मान्छे करार हुनु हो । मेरो भनाइको मतलब प्रश्न गर्ने, जिज्ञासा राख्ने, जान्न चाहने, बुझ्न चाहने मान्छेहरुलाई हामी नेपालीहरुले फ्याट्ट भनी दिन्छौं कि ‘तँलाई कसैले परिचालन गरेको छ !?’, ‘तँ कसैले परिचालन गरेको मान्छे होस् !?’ अझ यो भनाइ लागू गर्ने मामिलामा कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८,…भाषी ‘राई !’ भनिने ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरु अहिलेसम्म सबैभन्दा अगाडि रहेको देखिन्छ । त्यतिले मात्रै नपुगेर ती कथित् एक जातिवाला ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरुले ‘राई !’ २२, २४, २६, २७, २८,…भाषी ‘राई !’ लाई फुटाउन आँटेको आरोप पनि लगाउने गर्छन्, भ्रम छरेको वा भ्रम छरेको आरोप लगाउने गर्छन् । उनीहरुले त्यसरी आरोप लगाउनुको कारण अनेक रहेको देखिन्छ । तापनि मुख्य कारण चाहिँ एक जाति ‘राई !’ २२, २४, २६, २७, २८,…भाषी ‘राई !’ भन्दै संख्या र भिड देखाएर, संख्या र भिडलााई भजाएर व्यक्तिगत रुपमा फाइदा लिनुलाई मुख्य मान्नुपर्ने हुन्छ । हुन पनि मैलै यो लेखमा किन पनि कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८, भाषी ‘राई !’ भनी रहेको छु भने, भोलिका दिनमा कसैले साँच्चै गहन वैज्ञानिक ढंगले अध्ययन-अनुसन्धान गर्दाखेरि जाति अथवा समुदाय हुने (जात, वर्ग, समूह चाहिँ हुन सक्छ ।) कुनै आधारहरु नभएको हुनाले नभेटिने-नदेखिने हुनाले कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८ भाषीवाला ‘राई !’ भन्ने, लेख्ने गरिरहेको हो ।
चुरो कुरो के हो भनेदेखि, विगत केही वर्षदेखि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’को नाममा, त्यहाँ केके, केके स्थापना गर्ने नाममा देश-विदेशमा रहेका आदरणीय नेपाली महानुभाव ज्यूहरुबाट दान-दक्षिणा र चन्दा अनि सर-सहयोग वा भनौं रकम उठाउँदै आई रहेको देखिन्छ, देखिन्थ्यो । सो क्रममा कहाँ कहाँबाट कति रकम उठाए वा उठ्यो होला ? भनेर एक जिज्ञासु मान्छेको नाताले प्रश्न राख्दैछु । कतै प्रश्नै गर्नै नपाईने पो हो कि ? जे होस्, यदि पाईने रहेछ, पाईन्छ भने, हालसम्म कति ‘…हजार, …लाख, …करोड, …अर्ब, …खर्ब !’ रकम उठ्यो होला त ? एवम् रीतले साल्पा सिलिचुङमा राखिएको त्यो सामान्य मूर्ति बनाउँदा अथवा किन्दा त्यसको दाम कति पर्यो होला ? एवम् त्यो मूर्ति त्यहाँ (सिलिचुङ डाँडोमा) लगेर राख्नका लागि कति रकम लाग्यो (खर्च भयो) होला ? के हामी पनि यो देशको एक सामान्य नागरिक भएको नाताले जान्न र सुन्न एवम् थाहा पाउन सकिन्छ थाहा पाईन्छ कि ? वा भनौं म मात्रै नभएर सो सम्बन्धमा नेपालका हर कोही जिज्ञासु मानिसहरुले पनि जानकारी राख्ने हक-अधिकार छ कि ?
अर्को भनेको सुनिएअनुसार कथित् ‘राई !’ जातिका प्रा., डा., प्राडा, विद, विज्ञ, कार अति जान्ने सुन्ने (अजासु) आदि भनिनेहरुलाई काठमाण्डौमा केही पटक कार्यक्रम गरियो अरे । हो, त्यसरी कथित् ‘राई !’ जातिका प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार, अति जान्ने सुन्ने (अजासु) आदि भनिनेहरु कार्यक्रममा आउँदा, सहभागी हुँदा ती प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार, अति जान्ने सुन्ने (अजासु) भनिनेहरु कार्यक्रममा आउँदा, सहभागी हुँदा सामान्य चिया-बिस्कुट मात्रै खाएर (त्यो पनि आफ्नै पकेटको पैसा खर्च गरेर ?!) पो कार्यक्रममा सहभागी भए होलान् कि ? किनभने, कतिपय मान्छेहरुले आफ्नो जात, धर्म, समूह, वर्ग, लिङ्ग एवम् स्वार्थ मिल्नेहरुका लागि त त्यसरी पनि सहभागी हुन, सरसहोग गर्न र, काम गर्न सक्छन्, सकिन्छ नै ।
जे भए तापनि अहिलेसम्म साल्पा सिलिचुङ (देवीदेवता) का नाममा कति लाग्यो होला ? अझै पनि मेरो प्रश्न रहिरहने छ । त्यसैले गदर्माखेरि सो सम्बन्धमा ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’ का हर्ताकर्ता ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरुले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर वा विज्ञप्ती जारी गरेर सर्वसाधारण जनको जानकारीमा आउने गरी जनाऊ दिन्छ कि त ? भन्ने आशा गरौं । त्यसैले हामी जस्ता सर्वसाधारण जनले पनि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’ ले पहिलो चरणमा उठाएको रकमको हरहिसावको फरफाक (कति उठ्यो कसरी खर्च भयो ?) एकएक गरेर हरहिसाव हेर्न, देख्न, जान्न पाइन्छ कि ? भन्ने आशा गरौं । त्यसैले पुनः भन्नु पर्दाखेरि मैले एक सर्वसाधारण मान्छेको हिसावले मात्रै प्रश्न गर्या हो । साँच्चै साल्पा सिलिचुङ (देवीदेवताहरु) को नाममा पहिलो चरणमा कति रकम उठ्यो होला ? एवम् प्रकारले दोस्रो चरणका लागि दान-दक्षिणा र चन्दा अनि सर-सहयोग वा भनौं रकम कसरी उठीरहेको छ होला ? पारदर्शिता छ, छैन ? जिज्ञासा राखेँ है, ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरु ।
अर्को कुरो भनेको के भनेदेखि अहिले पुनः साल्पा सिलिचुङ (देवीदेवताहरु) को नाममा रकम उठाईँदै गरेको अभियानमा जम्मा कति उठाईने होला ? सो सम्बन्धमा पनि जान्न र बुझ्न पाईन्छ कि ? अनि सरकारी स्तरमा (३ वटै तहमा) पहल भयो, भएन ? भएन भने किन भएन ??? त्यसैले म एक पटक जोड गरेर भन्छु, आग्रह गर्छु कि, विश्वका विभिन्न देशमा गएर श्रम गरेर अनि दुःख जिलो गरेर, रगत पसिना बगाएर कमाएको, आफ्नो नानी-बाबुहरुको पढाई लेखाईलाई समेत दाउमा राखेर वा कटौती गरेर दिएको दान-दक्षिणा र चन्दा अनि सर-सहयोग वा भनौं रकम कसरी र कहाँ खर्च हुन्छ ? खर्च भई रहेको छ ? पारदर्शिता छ, छैन ? बुझेर हेरेर मात्रै दिने, नदिने विचार गरिकन बल्ल कदम चाल्नु हुन्छ कि ? त्यसैले जताभावी सहयोग गर्न-दिनुअघि एकपटक, हजारपटक मात्रै होइन, लाखौंपटक सोचेर मात्रै दिनु हुन्छ कि ? दान-दक्षिणामा रुचि राख्ने महानुभाव ज्यूहरुलाई मेरो व्यक्तिगत सुझाव मात्रै हो । मेरो भनाइ नै अनिवार्य लागू हुनुपर्छ, हुन्छ भन्ने होइन । किनभने, यो मेरो व्यक्तिगत धारणा र आग्रह मात्रै हो । जे भए तापनि नेपालमै रहनु भएका तथा विश्वभरि काम गर्न अथवा स्थाई बसोवास गर्न गएका आदरणीय बुबाअमा, दिदीबहिनी, दाजुभाइ तथा साथीभाइहरुले एकपटक सोच्नु होला…
अर्को भनेको स्थानीयस्तरमा परापूर्वकालदेखि साल्पा सिलिचुङ (कुलुङ जातिले सीलीछो भन्छन्) वरिपरि बस्दै आएका कुलुङ जातिलाई धेरैपछिसम्म थाहा नै नदिई सुरु गरिएको वा भनौं माईनस गरेर (वास्ता नगरी) अगाडि बढेको प्रोजेक्टले केकति दीर्घता पाउला-काम गर्ला ? भन्ने पनि भविश्यमा प्रश्न उठ्ला नै । अन्तमा साल्पा सिलिचुङका नाममा दान-दक्षिणा र चन्दा अनि सर-सहयोग दिन चाहने, दिने महानुभाव ज्यूहरुले पारदर्शिता छ, छैन एकपटक मात्रै होइा हजारपटक लाखौंपटक सोचेर मात्रै दिनु हुन्छ कि ? हजुरहरुको जो विचार है, नेपालमा रहनु भएका तथा विश्वभरि काम गर्न अथवा स्थाई बसोवास गर्न गएका आदरणीय बुबाअमा, दिदीबहिनी, दाजुभाइ तथा साथीभाइहरु…