ईलाम सेवा समाज दोहा कतारको चौथो अधिवेशन २३ अगष्टमा

  तिलविक्रम थेवे
252 Shares

कतार : सन् २०१५ मा स्थापित ईलाम सेवा समा दोहा कतारको चौथो अधिवेशन आगामी २३ अगष्ट २०२४ मा हुँदैछ । द गोरखा नेपाली रेष्टुरेन्ट नज्मामा हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको समाजका महासचिव ज्ञानेन्द्र रसाईलीले बताए ।

महासचिव रसाईलीका अनुसार अधिवेशन तयारीको सिलसिलामा संस्थाका संस्थापक अध्यक्ष एंव प्रमुख सल्लाहकार धनबहादुर विश्वकर्माको संयोजकत्वमा बनेको विधान संशोधन समितिले तयार गरेको संशोधित विधान २०२४ तयार भईसकेको छ । सो विधान अनुमोदनका लागि अधिवेशनमा पेश गरिनेछ ।

साथै संस्थाका संस्थापक सल्लाहकार एंव बरिष्ठ पत्रकार तिलविक्रम थेवेको संयोजकत्वमा बनेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गर्न सम्पूर्ण तयारी गरिसकेको छ ।

उद्घाटन कार्यक्रममा ईलामेली कलाकारहरुद्वारा विविध सांस्कृतिक प्रस्तुती रहने महासचिव रसाइलीले बताए ।

ईलामबाट कतारमा आएर विभिन्न क्षेत्रमा कार्यरत इलामेलीहरुले अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछन् ।

द गोरखा नेपाली रेष्टुरेन्ट नज्मा, मदिना खलिफाका संचालक व्यवसायी खडक वनेम फागो लिम्बुको अध्यक्षतामा रहेको वर्तमान कार्यसमितिले कोरोना महामारीको वेलापनि नेपाली समुदायको विचमा सक्रियतापूर्वक काम गरेको थियो ।

ईलाम सेवा समाज दोहा कतार जिल्लाबासी संघसस्थाहरु मध्येमा एक सक्रिय संस्थाको रुपमा परिचित छ । संस्थाले वैदेशिक रोजगारीमा रहँदा इलामका दाजुभाई दिदीबहिनीहरुलाई आइपरेको विविध समस्याहरुमा पनि सहयोग गर्दै आइरहेको छ ।

हरियाली, पर्यटन, अकबरे खुर्सानी, अम्लिसो, अलैची, दुग्घ व्यवसाय (ओलन), आलु, अदुवा, ओखती (विभिन्न जडीबुडी) को निमित्त नेपालकै प्रसिद्ध जिल्लाको रुपमा इलामलाई चिनिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार