इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम :
- नगर पर्यटन गुरुयोजना अनुरुप निर्देशिका बनाई पर्यटकीय गन्तव्यहरुको संरचनागत विकास कार्यलाई निरन्तरता दिइनेछ।
- सिद्धिथुम्का चुली, पानीटार चियाबगान, गुफाथुम्की, झ्याउपोखरी एवं विश्वको ठूलो लालीगुँरास लगायतका क्षेत्रहरुको संरक्षण र पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकता दिइनेछ साथै कुहिभिर क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने नीति लिइनेछ।
- देउमाई नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको भौतिक संरचना निर्माण तथा प्रचार-प्रसार गर्ने नीतिलाई निरन्तरता दिइने छ।