इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको कृषि तथा पशु सम्बन्धी नीति तथा कार्यक्रम :
- “देउमाई नगरपालिकाको पहिचान प्रांगारिक खेती अभियान” लाई साकार रुप दिन कृषिलाई वाध्यता हैन रहरका रुपमा विकास गर्ने गरि व्यवसायिक कृषि प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- ”घर घरमा करेसावारी, भान्सा – भान्सामा ताजा तरकारी” अभियान मार्फत विभिन्न जातका तरकारी तथा फलफुलका बिउ वितरण तथा सिँचाइ व्यवस्थापनका आवश्यक नीति लिइनेछ।
- उन्नत खालका पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, व्यवसायिक मत्स्यपालन, मौरीपालन, अलैची, अकबरे खोर्सानी, किवि, अदुवा, चिया, कफि, बेसार लगायतका नगदेबाली व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
- कृषि तथा पशुपंक्षी सम्बन्धी तथ्यांक अद्यावधिक गरी किसान सुचिकरण र कृषक परिचय पत्र वितरण कार्यक्रमलाई आगामी आ.व.मा सम्पन्न गरिनेछ।
- कृषि उद्पादनको विविधीकरण, व्यवसायिकरण र बजारीकरण गर्दै लैजाने नीति अनुरुप कृषि तथा पशु बजारकेन्द्र र पशु वधशाला व्यवस्थित गरि सञ्चालनमा ल्याइनेछ।
- बाली तथा पशुपंक्षी प्रवर्द्धन कार्यक्रम मार्फत देउमाई नगरपालिकालाई आत्मनिर्भर बनाइ निर्यातमूखी बनाउन आवश्यक नीति लिइनेछ।
- दुग्घ डेरी आद्युनिकिरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- “हाम्रै नगरको झ्याले आलु – अर्गानिक खानपानमा नगरवासी सिपालु ” कार्यक्रम मार्फत स्थानीय उत्पादन वृद्धि गर्न, विऊ संरक्षण गर्न तथा वितरण, उत्पादित वस्तुको बजारीकरण गर्ने नीति लिइनेछ।
- कृषि सहकारिता, सामुहिक खेती र सामुहिक पशुपालन प्रणालीलाई उत्पादन वृद्धिको आधार बनाउन सहकारी दर्ता ऐन अनुसार दर्ता प्रकृयालाई प्रोत्साहित गर्ने नीति लिइने छ।
- सेवा प्रवाहलाई सु-व्यवस्थित गर्न कृषि तथा पशु क्षेत्रमा विज्ञ जनशक्तिको व्यवस्थापन गरिनेछ।
- माटो परीक्षण शिविर सञ्चालनलाई निरन्तरता दिइनेछ।
- कृषि आद्युनिकिकरण तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ
- पशु लश्ल सुधारका लागि वडा नं. ४ मा सञ्चलित कार्यक्रमलाई निरन्तरता दिदै अन्य वडामा विस्तारका लागि आवश्यक नीति लिइनेछ।
- नगर भित्रका उत्कृष्ट उद्यमी तथा कृषकको पहिचान गरि प्रोत्साहन गर्ने नीति लिइनेछ।



















































