इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम :
- “स्वच्छ नगर सक्षम नागरिक” भन्ने नाराका साथ वातावरण मैत्री शासन संचालन गर्ने नीति अंगिकार गरिनेछ।
- जलाधार तथा खानेपानी मूहानलाई संरक्षण गर्न आवश्यक नीति अवलम्बन गरि वृक्षरोपण कार्यक्रम निरन्तरता दिइनेछ।
- सडक तथा संरचनाहरु निर्माण गर्दा वन तथा वातावरणको क्षति न्यूनीकरण गर्ने उपाय (वायो ईन्जिनियरिङ्ग) अवलम्बन गरि विकास निर्माणका कार्यलाई अघि बढाइनेछ।
- बहुक्षेत्रगत विपद् नक्सांकन तयार गरि विपद सम्बन्धि रणनीति तयार गरिनेछ।
- स्थानीय विपद् सहायता कक्ष निर्माण गरिनेछ।
- नगरपालिकाका विभिन्न सडक तथा संरचनाको निर्माणको लागि वातावरण प्रभाव मुल्यांकन तथा विष्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गरि नगर आयोजना बैंकको स्थापना गरिनेछ।



















































