इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको खानेपानी, सिँचाई तथा सरसफाई सम्बन्धी नीति तथा कार्यक्रम :
- स्वच्छ खानेपानी स्वस्थ जीवनको पहिलो आधार हो।पुर्णरुपमा स्वच्छ र पर्याप्त खानेपानीको प्रत्याभूत गराउन खानेपानी सञ्जालको विस्तार तथा धारा जडान कार्यलाई तिव्रता दिइनेछ।
- दीर्घकालीन खानेपानी समस्या समाधानका लागि नयाँ श्रोतको व्वस्थापन गर्ने नीति अनुरुप बृहत देउमाई खानेपानी आयोजनाका लागि पहल गरिनेछ।
- टोल तथा वस्ती स्तरका खानेपानी आयोजनाहरुलाई क्रमशः नगरको मातहत ल्याइ व्यवस्थित गर्ने नीति अनुरुप एकिकृत गर्दै लगिनेछ।
- कृषि योग्य जमिनमा सिँचाई सुविधा पुर्याउन आवश्यक नीति लिइनेछ ।
- स्वच्छ एवं स्वस्थ पर्यावरणलाई दृष्टिगत गर्दै फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य वस्तुहरुलाई क्रमिक रुपले निरुत्साहित तथा न्यूनीकरण गर्दै लगिने छ ।
- बढ्दो शहरीकरणका कारण वृद्धि हुदै गरेको फोहोरमैला व्यवस्थापनका लागि वडाहरुको समन्वयमा फोहोरमैला संकलन केन्द्र स्थापनाका लागि उपर्युक्त स्थान पहिचान गर्ने नीति लिइनेछ।
- सुन्दर शहर हराभरा नगर बनाउने अभियान अन्तर्गत सार्वजनिक स्थलहरुमा डस्टविन व्यवस्थापन तथा पुष्परोपण कार्यका लागि आवश्यक नीति लिइनेछ।



















































