इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको रोजगारी तथा गरिवी निवारण सम्बन्धी नीति तथा कार्यक्रम :
- नगरक्षेत्र भित्रका श्रम सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग क्षेत्र, सीप तथा व्यवसाय प्रवर्द्धन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरी सम्बन्धित सीपलाई उजागर गरी क्षमता अभिवृद्दि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- नगरका सम्पूर्ण रोजगारीका कार्यक्रमहरु एकिकृत रुपले सञ्चालन गर्न तथा बेरोजगार व्यक्तिहरु एवं रोजगारदाताहरुको वास्तविक तथ्याङ्क राख्न, अद्यावधिक गर्न लगायतका रोजगारी सम्बन्धी सम्पूर्ण सेवा प्रदानका लागि रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप रोजगार सेवा केन्द्र, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई एकीकृत रुपले सञ्चालन गर्न श्रम तथा रोजगार प्रवर्द्धन शाखाको स्थापना भइसकेकाले एकिकृत रुपले सेवा प्रवाह गर्न आवश्यक नीति लिइनेछ।
- वैदेशिक रोजगारीबाट फर्केका तथा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सिप र क्षमताको पहिचान गरी स्वदेश मै रोजगार बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा समाहित गर्दै स्वरोजगार बनाइनेछ।
- वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारीबाट फर्कि आएका र निजको परिवारको सामाजिक सुरक्षा तथा सहायताको लागि सुरक्षित आप्रवासन कार्यक्रमसँग समन्वय तथा सहकार्यका लागि बजेट व्यवस्थापन गरी कार्यक्रम प्रभावकारी बनाउन आवश्यक नीति तय गरिनेछ।
- वैदेशिक रोजगारीमा जाने तथा वैदेशिक रोजगारीबाट छुट्टीमा आएका युवाहरुको श्रम स्वीकृतिको कार्य रोजगार सेवा केन्द्रबाटै प्रदान गरिनेछ।
- नगरपालिकामा सञ्चालन हुने निर्माण योजनामा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन दिने नीति लिइनेछ ।
- सार्वजनिक पूर्वाधार निर्माण तथा प्रधानमन्ञी रोजगार कार्यक्रमका आयोजनाका लागि आवश्यकता अनुसार निर्माण सामाग्री तथा औजार व्यस्थापन गर्न आवश्यक नीति लिइनेछ।
- बेरोजगार व्यक्तिहरुका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम प्रदान गरि स्वरोजगार बन्न प्रोत्साहन गरिनेछ।



















































