देउमाई नगरपालिकाको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम

  नयाँ बुलन्द
14 Shares

इलाम : इलामको देउमाई नगरपालिकाको नवौं गाउँसभाको अधिवेशनले पारित गरको स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम :

  • विशेषज्ञ सहितको अत्याधुनिक स्वास्थ्य सेवा नगरवासीलाई प्रदान गर्न देउमाई नगरपालिकामा निर्माणाधिन १५ शैय्याको नगर अस्पताललाई आगामी आ.व. भित्र निर्माण सम्पन्न गरि सञ्चालन गर्न आवश्यक नीति लिइनेछ।
  • सुरक्षित मातृत्व तथा बालपोषण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता गर्भमै रोकथाम गर्नका लागि चौमासिक गर्भ जाँचलाई प्रोत्साहन गर्न प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेमा सञ्चालनमा रहको भिडियो एक्स-रे सेवालाई थप व्यवस्थित बनाइनेछ र वडा स्तरमै गर्भवती महिलाहरुका निशुल्क भिडियो एक्स रे सेवा विस्तार नीतिलाई निरन्तरता दिइनेछ।
  • “नगरको इच्छा आमा बच्चाको सुरक्षा” नारा सार्थक बनाउन नगरभित्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि जिल्ला अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ।
  • “स्वस्थ एवं समृद्ध देउमाई” साकार पार्न महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने राष्ट्रिय निःशुल्क कार्यक्रमका अत्यावश्यक औषधिहरुको स्टक आउट हुन नदिन नियमित आपूर्तिको ब्यवस्थापन गरिनेछ साथै नसर्ने तथा मानसिक रोगको औषधि व्यवस्थापनलाई निरन्तरता दिइनेछ ।
  • “स्वस्थ जीवनका लागि नियमित योग” भन्ने नारा साकार बनाउन आयुर्वेद सेवा सुदृढीकरण तथा सबलीकरण कार्यक्रम मार्फत योग शिविर सञ्चालन तथा आयुर्वेद सेवा विस्तार कार्यलाई निरन्तरता दिइनेछ ।
  • विगतका वर्ष देखि प्रदान गर्दै आएको विपन्न नागरिक औषधी उपचार सम्बन्धी जटिल प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई उपचारको पहूँच सम्म पुर्याउन आवश्यक यातायात सहयोगको ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • नियमित खोप कार्यक्रमलाई थप व्यवस्थित गर्दै यस आ.व.मा झै आगामी आ.व.मा पनि देउमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न आवश्यक नीति अवलम्बन गरिनेछ ।
  • खोप केन्द्रको भवन निर्माणका लागि आवश्यक नीति लिइनेछ।
  • प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेबाट उपलब्ध हुने ल्याव सेवालाई सुदृढ र थप व्यवस्थित बनाउन आवश्यक नीति लिइनेछ।
  • क्षयरोग मुक्त पालिका घोषणाका लागि आवश्यक निति अवलम्वन गरिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार