
इलाम : इलामको फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन थालेको छ । कार्यालयले सेवाग्राहीलाई मध्यनजर गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन बनाउन थालेको वडा अध्यक्ष यामबहादुर खी पौडेलले बताए ।
फाकफोकथुम गाउँपालिकामा वडा नं. २ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ :
- सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको ।
- पहिले आउने सेवाग्राहिलार्इ पहिलो सेवा प्रवाह गरिएको साथै अपाङ, जेष्ठ नागरिकतथा वालवालिकाहरुको सेवाकोलागि पहिलो प्राथमिकतामा राखिएको छ ।
- राजस्व प्रणाली अन्तर्गत आम्दानी तथा सेवा शुल्कलार्इ अनलाइन मार्फत सेवा प्रदान गरिएको छ ।
- योजना सम्झौतासँग सम्बन्धित आवश्यक कागजात वडा कार्यालयबाट नै तयार गरिदिने व्यवस्था मिलाइएको छ ।
- सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित आवश्यक कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
- कामको शिलशिलामा जिल्ला सदरमुकाम,इलाका प्रशासन कार्यालय, मालपोतकार्यालय तथा अन्य कार्यालय पुगेर प्रमाणित कागजाहरु आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा ग्राहिको हितमा कामकाज गरिएको छ ।
- अत्यावश्यक कामको लागि सार्वजनिक विदाको दिन सेवा प्रवाह गरिएको छ ।
- उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगावै सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
- सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि वडाको विभिन्न स्थानहरुमा शिविर सञ्चालन गरिदै आएको छ ।
- सम्पूर्ण योजनाको कामको प्रत्यक्ष प्राविधिकको निगरानीबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट अनुगमन तथा मुल्याङ गरी र पाँच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिदै आएको छ ।



















































