फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालयको परिचय (प्रगति विवरणसहित)

  नयाँ बुलन्द
70 Shares

परिचय

नेपालको सुदुर पूर्वको जिल्ला इलामको पश्चिम भू-भागमा अवस्थित कोशी प्रदेशको सुन्दर जिल्ला इलामको पश्चिमी भु-भागमा रहेको फाकफोकथुम गाउँपालिकामा रहेका ‍७ वटा वडाहरुमध्येको वडा नं. २ कोल्बोटे हो ।  बहुजातीय, वहुभाषिक, वहुधार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको उत्तर पश्चिम दिशामा यस २ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साविक फाकफोक गा.वि.स.को वडा नं. ५ देखि ९ मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. २ निर्माण भएको हो । यस वडा नं. २ को क्षेत्रफल १३.५८ वर्ग किलोमिटर रहेको छ भने  जनसंख्या महिला १३९६ जना र पुरुष १५६२ जना गरि जम्मा २९५८ जना रहेको र घरधूरी संख्या ६४९ रहेको छ ।  यस वडाको पूर्वमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ६ र ७, पश्चिममा फाकफोकथुम गाउँपालिका को वडा नं. १,उत्तरमा पाँचथर जिल्लाको फाल्गुन्द गाउँपालिका र दक्षिणमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ३ रहेको छ । यस वडा न.२ भौगोलिक हिसावले पहाडी क्षेत्रले ओगटेको छ । यहाँका अधिकांश बासिन्दा कृषि पेशामा संलग्न रहेका छन् । आर्थिक विकास अन्तर्गत ३५ भन्दा बढि पशुपालक कृषकहरुले फार्म दर्ता गरि दैनिक ७ हजार देखि ११ हजार लिटर सम्म दुध उत्पादन गर्दै आएको देखिन्छ यस क्षेत्रको मुख्य आर्थिक आय आर्जनका स्रोत अन्तर्गत घ्यू, छुर्पी, चिया, अम्लिसो, अदुवा, अकवरे खोर्सानी, किवि, अलैची रहेको पाइन्छ । शैक्षिक क्षेत्र अन्तर्गत यस २ नं. वडामा ४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् जसमा १ वटा माध्यमिक विद्यालय रहेको छ भने बाकि ३ वटा आधारभूत विद्यालयहर रहेका छन् । विकासशिल अवस्थामा रहेको वडा नं. २ विकासको शिलशिलामा स्वास्थ्य तर्फ संघ अन्तर्गत १५ शैया वेड अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ भने पूर्वाधार विकास अन्तर्गत मंगलबारे-फुङफुङ-दोकानडाँडा – एकतप्पा ८- दलबहादुर लावतिको घर हुदै साप्तिन पुछर – सल्लेरी – फुएतप्पा ९ – दशमी सडक निर्माण तथा स्तरोन्नतीबाट १५.९४ कि.मी. सडक कालोपत्रेको लागि प्रारम्भिक वातावरणिय परिक्षण (IEE) प्रतिवेदन तयारि सम्बन्धि सार्वजनिक सूचनाभर्इ योजनाको कार्यसञ्चालनहुने अवस्थामार हेको छ त्यसै गरि वडानं. २र३ जोड्ने खप्परेघाट पक्कि पुलनिर्माणाधिन अवस्थामा रहेको छ । विकासको फड्को मारिरहेको फाकफोकथुम गाउँपालिकावडा नं. २ मा एकचुले डाँडा, साब्लिथुम्कि डाँडा, फाकफोकखोला साप्तिन अन्तर्गत छाँगेटार झरना, खड्का गाउँ जोरधारा, खोगे सिंहदेवी देवस्थल जस्ता पर्यटकिय सम्भावना बोकेका स्थानहरुले फाकफोकथुम गाउँपालिकाको समग्र पर्यटन क्षेत्रलाई  प्रबर्द्धन गर्न सकिने अवस्था देखिन्छ ।

सेवा प्रवाह

फाकफोकथुम गाउँपालिकामा वडा नं. २ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ ।

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको ।
  • पहिले आउने सेवाग्राहिलार्इ पहिलो सेवा प्रवाह गरिएको साथै अपाङ, जेष्ठ नागरिकतथा  वालवालिकाहरुको सेवाकोलागि पहिलो प्राथमिकतामा राखिएको छ ।
  • राजस्व प्रणाली अन्तर्गत आम्दानी तथा सेवा शुल्कलार्इ अनलाइन मार्फत सेवा प्रदान गरिएको छ ।
  • योजना सम्झौतासँग सम्बन्धित आवश्यक कागजात वडा कार्यालयबाट नै तयार गरिदिने व्यवस्था मिलाइएको छ ।
  • सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित आवश्यक कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम,इलाका प्रशासन कार्यालय, मालपोतकार्यालय तथा अन्य कार्यालय पुगेर प्रमाणित कागजाहरु आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा ग्राहिको हितमा कामकाज गरिएको छ ।
  • अत्यावश्यक कामको लागि सार्वजनिक विदाको दिन सेवा प्रवाह  गरिएको छ ।
  • उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगावै सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि वडाको विभिन्न स्थानहरुमा शिविर सञ्चालन गरिदै आएको छ ।
  • सम्पूर्ण योजनाको कामको प्रत्यक्ष प्राविधिकको निगरानीबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट अनुगमन तथा मुल्याङ गरी र पाँच लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिदै आएको छ ।

राजश्व/ आम्दानी विवरणआ.व.२०८०/०८१ (वैशाख मसान्त सम्म)

क्र.सं. शीर्षक जम्मा
. नगदी रसिदबाट आम्दानी रु.८०,२००।
. मालपोतबाट आम्दानी रु.२,३१,६५६।
  जम्मा रु.३,२२,८५६।

 व्यक्तिगत घटना दर्ता विवरण(बैशाख मसान्त सम्म)

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
. जन्मदर्ता  २४ जना १४  जना ३८ जना
. मृत्यु दर्ता ९ जना ५ जना १४ जना
. विवा दर्ता १३ जोडी  
. सम्बन्ध विच्छेद दर्ता २ जोडी  
. बसाईँसराई आएको परिवार संख्या परिवार
. बसाईँसराई गएको परिवार संख्या १५ परिवार

 वडाकार्यालयबाट चलानी भएको  पत्र संख्या (बैशाख मसान्त सम्म)

क्र.सं. शीर्षक संख्या
गा.पा पठाइएको सिफारिस १२१ थान
मालपोत कार्यालय पठाइएको सिफारिस १६७ थान
जिल्ला प्रशासन कार्यालय पठाइएको सिफारिस २१ थान
इलाका प्रशान कार्यालय पठाइएको सिफारिस ८६ थान
अन्य सिफारिस १९६थान

 

विकास निर्माण

फाकफोकथुम गाउँपालिका वडा नं. २को वडा अन्तर्गत विनियोजन भएको बजेट शीर्षकहरु-

वडासिलिङ योजना तथा कार्यक्रमहरु आ.व.२०८०/०८१
वडानं ०२
आर्थिकविकास योजनाको नाम विनियोजिन रकम
गोठसुधारयोजना ६०००००
सब्जिकिट खरिद वितरण १५००००
स्प्रेखरिद वितरण ८७५००
पुर्वाधारविकास  
चन्द्रसूर्यसहकारी छेउ हुदै फाकफोकखोला वडा कार्यालय सडक मर्मत योजना २०००००
होयाङ्गमाखोला धार्नेखोप आ.वि.सडक ग्रेड सुधार योजना २०००००
लिलाप्रसाद रार्इको घर छेउ देखि खोगे गाउँ जोड्ने सडक मर्मत योजना १०००००
खोगेगाउँहुदै तिवाखोला सडक मर्मत योजना १०००००
भट्टरार्इगाउँदेखि तिवाखोला मलामी टहरोजाने सडक मर्मत २०००००
धामडाँडाकुलोमुनि कान्छाको घर छेउहुदै पिपलबोट जाने सडक मर्मत २०००००
विजुवागोलाइ राष्ट्रिय मा.वि. धर्म कोइरालाको घर छेउ सम्म सडक स्तरोन्नति १००००००
सामाजिकविकास  
टोलगत खानेपानी योजना  
पोख्रेल गाउँ, बोहोरा गाउँ, भूल्के धारा, एक्ले गाउँ, तिवा खोलामलामी टहरो, जसे खोल्सा, खानेपानी ट्याङ्की तथा पाइप कार्यक्रम ३०००००
जनजातिलक्षित आयआर्जन मुलक कार्यक्रम १५००००
लक्षित वर्ग (दलित) कार्यालय व्यावस्थापन कार्यक्रम ५००००
अपाङ्गएकता समाज आयआर्जन मुलक कार्यक्रम ५००००
बालबालिकाशैक्षिक सामाग्री वितरण कार्यक्रम ५००००
महिलासञ्जाल लक्षित आयआर्जन मुलक कार्यक्रम १०००००
;+:yfutljsf; ;]jfk|jfx / ;’zf;g  
एकतप्पाप्रहरी चौकि गाडि मर्मत ४००००
वडाकार्यालय फर्निचर व्यवस्थापन १५००००
वन वातावरण तथा विपत व्यवस्थापन  
वर्षातकाकारण क्षतिग्रस्त सडक मर्मत संभार ५०००००
कार्यालय सञ्चालन तथाप्रशासनिक उप क्षेत्रः कार्यालय सञ्चालन तथा प्रशासनिक  
पदाधिकारीबैठक भत्ता १४४०००
इन्धन ६००००
कार्यक्रमखर्च २००००
पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च ९०००
पानी तथाबिजुली ४५०००
भ्रमणखर्च ४००००
मेशिनरीतथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च ७५०००
मसलन्दतथा कार्यालय सामाग्री १०००००
विविधखर्च ८२५००
इन्टरनेट / संचार महशुल ४२०००
सवारीसाधन तथा मेशिनरी औजार भाडा १५०००
सवारीसाधन मर्मत खर्च ५००००
योजनाअनुगमन तथा व्यावस्थापन ५००००
स्वास्थ्य संस्था/सामुदायिक स्वास्थ्य इकाइ व्यवस्थापन ४००००
जम्मा ५००००००

फाकफोकथुम गाउँपालिका वडा नं. २ बाट सम्पन्न भएका योजनाको विवरण

क्र.सं. योजनाको क्षेत्र तर्जुमा गरिएको संख्या सम्पन्नभइ भूक्तानी भएको  संख्या बाँकी
१. पूर्वाधार विकास तर्फ (पूँजीगत) २१ ११

 सम्पन्न भएको योजनाको नाम

क्र.सं. योजनाको नाम रकम कैफियत
साकेला थान निर्माण योजना ५०००००।  
खाम्फुला मोक्तान गाँउ खानेपानि योजना १०००००।  
खोगे गाउँहुदै तिवाखोला सडक मर्मत १०००००।  
चन्द्रसूर्य सहकारी छेउ हुदै फाकफोकखोला वडा कार्यालय सडक मर्मत २०००००।  
जौबारी खानेपानी योजना वडा न.०२ ७००००।  
भट्टरार्इगाउँ देखि तिवाखोला मलामी टहरोजाने सडक मर्मत २०००००।  
लिला प्रसाद रार्इको घर छेउ देखि खोगे गाउँ जोड्ने सडक मर्मत १०००००।  
विजुवा गोलार्इ राष्ट मा. वि. धर्म कोइरालाको घर छेउ सम्म सडक स्तरोन्नती १००००००।  
पोख्रेल गाउँ, बोहोरा गाउँ, भूल्के धारा, एक्ले गाउँ, तिवा खोला मलामी टहरो, जसे खोल्सा, खानेपानी ट्याङ्की तथा पाइप कार्यक्रम ३०००००।  
१० बर्षाको कारण क्षतिगस्त सडक मर्मत स‍‌भार ५०००००।  
११ होयाङ्गमा खोला धार्नेखोप आ.वि.सडक ग्रेड सुधार २०००००।  
१२ साविक फाकफोक वडा न ७ र ८ सडक को नाली (नाली सरसर्फार्इ) ४४०८८०। (नेपाल सरकार अन्तर्गत )प्रधानमन्त्री स्वरोजगार
१३ सविक फाफोक वडा नं.५,९ र ६ को नाली सरसफार्इ ४६७८००। आइ.डी.ए विश्व बैक अन्तर्गत       (प्रधानमन्त्री स्वरोजगार)

सम्झौता भई कार्यान्वयनको चरणमा रहेका योजनाहरु-

  • वडा भवन फिनिसिग तथा रगरोगन वडा न २- रु ५०००००।–
  • लुर्इटेल डाडा मन्दिर निमार्ण- रु २०००००।–
  • खोगे सि‌हदेबी देवस्थल पथमार्ग निर्माण वडा न.०२- रु.२०००००।–
  • साराङगे गाँउ खानेपानी योजना-रु.७००००।–
  • आठ एक्ले गाँउ खानेपानी योजना-रु.१०००००।-
  • रार्इकुलो निर्माण योजना – रु.

सामाजिक विकास तर्फ सञ्चालन भएको योजना-

  • लुर्इटेल डाडा मन्दिर निमार्ण-रु २०००००।–
  • खोगे सि‌हदेबी देवस्थल पथमार्ग निर्माण वडा न.०२- रु.२०००००।–
  • साकेला थान निर्माण योजना रु- ५०००००।

फाकफोकथुम गाउँपालिका वडा नं. २ मा सञ्चालन भएको  विभिन्न कार्यक्रमहरुको विवरण(तालिम तथा विविध)-

  • योजना सझौता सञ्चालन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम ।
  • कृषि विकास शाखाको आयोजनामा मकैको विउ तथा सब्जिकिट वितरण गरिएको ।
  • पशु विकास शाखा मार्फत २० जना कृषकहरुलार्इ सुधारिएको गोठ कार्यक्रम संचालनको प्रकृयामा रहेको ।
  • भ्लेज प्रोफारइलको लागि घरधूरी सर्वेक्षण कार्यक्रम सम्पन्न भएको ।
  • झोल तथा डल्ले साबुन बनाउने तालिम सञ्चालन भएको ।
  • खोला तथा खोल्साहरुको लागी हुयुम पार्इप  खरीद गरी योनजा सञ्चालन गर्ने प्रकृयामा रहेको।

संघ/प्रदेश अन्तर्गत सञ्चालन भएका योजना-

क्र.सं. कार्यक्रम/आयोजना/क्रियाकलापको नाम जम्मा विनियोना कैफियत
१. साविक फाकफोक वडा न ७ र ८ सडक को नाली (नाली सरसर्फाइ) ४४०८८०। नेपाल सरकार अन्तर्गत
२. सविक फाफोक वडा नं.५,९ र ६ को नाली सरसफाइ ४६७८००। आइ.डी.ए विश्व बैक अन्तर्गत      
१५ सैया बेड हस्पिटल क्र.मा.गत बजेट संघ अन्तर्गत
रार्इकुलो निर्माण योजना ९९,४४,६८६.५७। स्वीस सरका/ नेपाल सरकार र फाकफोकथुम गा.पा.

सुशासन-

यस फाकफोकथुम गाउँपालिका वडा नं. २ बाट हुने सेवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी ढंगबाट छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रुयास नै यस वडा नं. २ मा भएको सुशासनको थालनी हो । यस वडा नं. २ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास ।
  • नागरिक वडा पत्रको व्यवस्था ।
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था ।
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक/ वेवसाइड र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरि प्रचारप्रसार गर्ने गरिएको ।

धन्यवाद ।

(२०८१।०२।२७ गते सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा २ नं. वडा कार्यालयको तर्फबाट प्रस्तुत गरिएको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धीको प्रतिवेदन)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार