सगरमाथा आरोहणको तयारीमा फालेलुङका उदय केरुङ

  नयाँ बुलन्द
210 Shares

 

पाँचथरः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न फालेलुङ गाउँपालिका ३ निवासी उदय केरुङले तयारी गर्दैछन् ।

उनले २०७८ सालमा छ हजार ४७६ मिटरको मेरो पिक र त्यस भन्दापछि विश्वको आठौं अग्लो गोरखा जिल्लामा रहेको मनास्लु हिमाल ८ हजार १६३ मिटरको सफल आरोहण गरिसकेका छन् ।

सगरमाथा आरोहण गर्न अरु हिमाल भन्दा धेरै चुनौतीपूर्ण छ । यहाँ चढ्न करीब ३० देखि ३५ लाखसम्म खर्च हुने यस अघिका आरोहीहरुबाट जानकारी भएको उनले बताए । तर, केरुले भने २४ लाखसम्मको लागतमा आरोहण गर्ने दावी गरेका छन् । किन की उनले अन्य हिमाल आरोहण गर्दा आवश्यक सामाग्री जुटाइसकेका छन् ।

जिल्ला र आफ्नो पालिकाको नाम उच्च राख्ने उदेश्यले लगातार साहसिक कार्यमा अघि बढिरहेको उनको भनाइ छ । आगामी चैत २५ गते सगरमाथा आरोहणको तयारी गरेसंगै उनलाई आर्थिक सहयोगको खाँचो  उतिकै छ । सम्बन्धित निकाय र सरोकारवालाहरुलाई सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार