सम्पादित मुख्य कामहरु :
- ४ वटा सडक, १ वटा पुल र १ वटा रंगशाला गरि जम्मा ६ वटा ठेक्का खुलाई योजनाहरु कार्यान्वयन भइरहेको तथा बचत रकमको पुन ठेक्का खुलाइएको,
- बालअधिकार समितिका पदाधिकारीहरुको क्षमता विकास तालिम संचालन गरिएको /सबै विद्यालयहरुमा बाल क्लव गठन गरिएको।
- टोल विकास सँस्थाहरु गठन गरि अभिमूखिकरण गरि नागरिक कर्तव्य तथा सरकारप्रति नागरिकको अपनत्व विकासको प्रयास भएको ।
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ५ वटै वडाहरुमा संचालन गरिएको ।
- लैङ्गिक तथा घरेलु हिंसा, बाल विवाह, जवरजस्ती करणी, दुर्व्यसन सम्बन्धी कानूनी सचेतना कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा अपराध न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको ।
- RMIS (स्थानीय तह राजश्व व्यवस्थापन सूचना प्रणाली) द्वारा आन्तरिक राजश्व संकलनको कार्य सुचारु गरिएको ।
कार्यालयबाट यस आ.व.मा नियमित कामका अतिरिक्त सम्पादन भए/गरेको मुख्य कार्यहरु:
- निर्माणाधिन रहेको जोरपोखरी क्षेत्रमा काम अवरुद्ध भएकोमा जग्गाधनी तथा अन्य सरोकारवालासँग समन्वय गरी काम चालू गरिएको,
- अस्पताल निर्माणको सम्बन्धमा प्रयासहरु भइरहेको,
- धार्मिक एकता तथा भातृत्वको सन्देशसाथ त्रिधार्मिक महोत्सव तथा महापुराण सम्पन्न भएको,
- सुचना प्रविधिको महत्तम उपयोग,
समस्या /चुनौतीहरु :
- संघ/प्रदेश सरकार तथा अन्य निकायबाट प्राप्त हुने श्रोत/साधनहरु समयमै प्राप्त हुन नसक्नु,
- केही महत्वपूर्ण कानुनहरु अझै बनि नसकिएकोले काममा अन्योलता रहनु,
- संघीय र प्रदेशीय आयोजनाहरुको कार्यान्वयनमा स्थानीय सरकारसंग समन्वय अभावले बेला बेला समस्या पर्नु,
- बार्षिक बजेटको आयतनमा कमी हुनु त्यस माथि पनि पूर्णरुपमा प्राप्त नहुनु,
- दक्ष कर्मचारी अभाव तथा कर्मचारीमा नैरास्यता रहनु,
- स्थानीय सरकारहरुवीच कार्यप्रणालीमा एकरुपता नहुनु,
- बजेटको विनियोजनमा वैज्ञानिकता र प्रथामिकिरण नहुनु ।
चौमासिक प्रगति प्रतिवेदनको पूरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :