अधिकार स्थापित गर्न मुस्लिम नेतृत्वको अभाव

  प्रमिशा घिमिरे
98 Shares

कपिलवस्तु : नेपाल एक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक देश हो । भौगोलिक, धार्मिक तथा सांस्कृतिक विविधता भित्र एकताको मालामा गाँसिएका नेपालीहरुको देश नेपाल हो । नेपाली समाजभित्र एकापसमा एकता र मैत्रिपूर्ण वातावरण छ । नेपालमा मुस्लिम जातिको धर्म, संस्कार, भाषा, रहनसहन, परम्परा, भेषभूषा, साहित्य, कलाकौशललगायत फरक रहेपनि हामी नेपाली हौं भन्ने भावना यस समुदायका व्यक्तिहरुको रहेको छ ।  नेपालमा सदियौंदेखि मुस्लिम समुदायको बसोबास रहँदै आएको पाइन्छ । जनसंख्याको हिसाबले मुस्लिम धर्मावलम्वीहरु अल्पसंख्यक रहेपनि यहाँका आपसी सद्भाव र सहिष्णुता रहँदै आएको छ ।नेपालमा मुस्लिम समुदायका व्यक्तिहरुको बसोबास र उपस्थिति पेशा तथा जीबिकोपार्जनका कारण ७७ वटै जिल्लामा रहेको पाइन्छ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालको कूल जनसंख्याको ४.४५ प्रतिशत अर्थात ११,६४,२५५ मुस्लिम जनसंख्या रहेको देखिन्छ । तर अन्य समुदायसँग सम्बन्धित धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रको विकासमा मुस्लिम समुदाय निकै पछाडि परेको छ । स्रोत साधनको सन्तोषजनक परिवेशको अनुभूति यस समुदायले गर्न सकिरहेको छैन । अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनी रहेका छन् । तूलनात्मक रुपले नेपाली मुस्लिमहरु अशिक्षित र बेरोजगार छन् । सामाजिक समावेशीकरणका लागि सार्वजनिक क्षेत्रमा छुट्टै आरक्षण कोटाको निर्धारण भएको छैन ।धार्मिक तथा सांस्कृतिक महत्व राख्ने स्थलहरुको स्वामित्व स्थापित भएको छैन । मुस्लिम महिला र बालबालिका शिक्षा, स्वास्थ्य र पोषणमा परम्परागत मूल्य र मान्यताका कारण पछाडि परेका छन । मदरसा शिक्षा प्रणालीले रऔपचारिकता पाएको छैन । यस समुदायको हक, हित एवं अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरणको सिर्जना भएको छैन । प्रगति अर्थतन्त्रका तथ्याङ्कले मात्र नभई यस समुदायको मानिसको जीवनस्तर, सेवा, सुविधा, चेतनाको स्तर र खुशीलाई जाँच्दा पनि वास्तवमा यो समुदायको उत्थान विकास हुन सकिरहेको छैन ।

 

नेपालमा मुस्लिम नागरिकहरु पिछडिएका अवस्थामा छन् । यी सबको पछाडी यस समुदायमा मुस्लिम नेतृत्वको अभाव हो या हामीमा राष्ट्र प्रेम नभएर राज्यबाट नै अपहेलित छन ? आखिर दोष कसको छ ? मुस्लिम समुदायको मानिसको हृदयमा राष्ट्रप्रेम नभएको पनि अवश्य हैन किनकी एक नागरिकको हैसियतले आफ्नो देशको रक्षाका लागि आफूलाई परित्याग गर्नु, बाह्य आक्रमणबाट राष्ट्रलाई बचाउनु र नैतिक सिद्धान्तको रुपमा कानुन र सांस्कृतिको विकास गरेर आफ्नो गौरव बढाउनु नेपाली मुस्लिमहरुको पहिचान रहँदै आएको छ । र करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरु भएको बेलादेखि नै प्रजातन्त्र, पञ्चायती व्यवस्था, पञ्चायती व्यवस्थाको पुनर्वहाली र पछिल्लो पटक प्राप्त गणतन्त्रमा नेपालका मुस्लिम जनसमुदायको पूर्ण सक्रियता रहेको छ।

धार्मिक तथा सास्कृतिक महत्व राख्ने स्थलहरुको स्वामित्व स्थापित भएको छैन। मुस्लिम महिला र बालबालिका शिक्षा, स्वास्थ्य र पोषणमा पछाडि परेका छन । मदरसा शिक्षा प्रणालीले समकक्षाता र औपचारिकता पाएको छैन । संविधानमा समान सहभागिता र समानता उल्लेख गरिएता पनि समतामूलक एकताको सूत्रमा मुस्लिम समुदाय बाधिएको छैन । यस समुदायमा अन्य धेरै कुराहरु गम्भीर चासो र चिन्ताका विषय छन। यस्ता विविध समस्याहरु नीतिगत रुपमा संसोधन गरी कार्यन्वयन गर्न र गराउन आवश्यक छ। विद्दमान कानूनी व्यवस्था र नीति नियमहरुको समीछ्या, अनुगमन, मूल्यांकन गरी समयानुकूल संशोधन, परिमार्जन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्न जरुरी देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार