इलाम गोल्डकप : सडन डेथमा एनआरटी फाइनल प्रवेश

  राम योङहाङ
1.3k Shares

इलाममा जारी ‘प्रथम इलाम गोल्डकप’ को पहिलो सेमिफाइनल  खेलमा बलका संघर्ष गर्दै  आयोजक रेडहर्ष फुटबल क्लब (रातो) र न्युरोड टिम (एनआरटी) काठमाडौंका खेलाडी (हरियो) ।

इलाम : न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आज (बुधबार) ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३-३ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।

एनआरटीले अब उपाधिका लागि विहीबार हुने पाँचथर फुटबल क्लब र बिर्तामोड युनाइटेड क्लब झापाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

खेलको म्यान अफ द म्याच विजेता एनआरटीका गोलकिपर थेभ्स प्रिसो घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।

रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार पाउनेछन् ।

गोल्डकपको फाइनल माघ १३ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार