संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पछिल्लो पटक (विसं २०७८) निकालेको होटेल, रिसोर्ट, क्यासिनो तथा साहसिक पर्यटन सम्बन्धी विवरण समेटिएको किताबमा उल्लेख भएअनुसार पछिल्लो समयमा नेपालमा हेरिटेज तथा बुटिक स्तरका होटेल चार वटा, रहेको छ । त्यस्तै पाँच तारा डिलक्स स्तरको होटेल एक वटा, पाँच तारा स्तरको होटेल १७ वटा, चार तारा स्तरको होटेल २७ वटा, तीन तारा स्तरको होटेल ३५ वटा छ भने दुई तारा स्तरका होटेल चाहिँ ४३ वटा रहेको छ । त्यस्तै गरेर एक तारा स्तरका ३७ वटा रहेका छन् । साथै नेपालमा लक्जरी रिसोर्ट दुई वटा र डिलक्स रिसोर्ट तीन वटा रहेको छ । साधारण रिसोर्ट र होटेलहरु एक सय सात वटा रहेका छन् । यसरी विसं २०७८ सम्ममा नेपालमा साना-ठूला गरी दुई सय ७६ वटा होटेल खुसकेका छन् भने ऊ वेला (विसं २०७८ मा) पर्यटन विभागबाट स्वीकृत भएका बुटिक, होटेल तथा रिसोर्टको संख्या पनि १६ वटा रहेको थियो । त्यस्तै गरेर पर्यटन विभागमा संक्षिप्त वातावरणीय अध्ययनका लागि स्वीकृत गर्ने क्रममा रहेको बुकिट, तारे होटेल, रिसोर्ट तथा पर्यटकस्तरीय होटेलको संख्या पनि ऊ वेलै दुई सय ६५ वटा रहेको थियो भने वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएर पर्यटन विभागमा स्वीकृत गर्नका लागि भनी आएको बुकिट, तारे होटेल, रिसोर्ट तथा पर्यटकस्तरीय होटेलको संख्या पनि ५९ वटा रहेको थियो । वितेको दुई वर्षको अवधिमा पक्कै पनि अरु बुकिट, लक्जरी, डिलक्स लगायततारे होटेल, रिसोर्ट तथा पर्यटकस्तरीय होटेलहरुको संख्या बढेको हुनु पर्छ । स्रोतः ‘होटेल, रिसोर्ट, क्यासिनो तथा साहसिक पर्यटन’ विवरण पुस्तिका । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय । पर्यटन विभाग, विसं २०७८ ।
त्यस्तै गरेर नयाँ पत्रिका दैनिकमा विसं २०७९ साउन अन्तिम ताका आएको एक समाचारअनुसार विसं २०८० सालभित्र अरु १७ वटा पाँचतारे होटल थपिदै छन् । पछिल्लो पटक नेपालमा खुलेका अधिकांश पाँचतारे होटलको व्यवस्थापन विदेशी (चेन) होटलहरुले सम्हाल्ने छन् । नयाँ थपिएका पाँचतारे होटल र पहिलेदेखि सञ्चालन हुँदै आएका पाँचतारे होटलको संख्या जम्मा ३४ वटा पुग्ने देखिन्छ । त्यसो त यस बीचमा अरु पनि पाँच तारे होटेल खुल्ने क्रम (पाईप लाईन) मा होलान् नै । माथि उल्लेखित ३४ वटा पाँच तारे होटेलको बेड संख्या पाँच हजार २३४ वटा पुग्ने छ ।
होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ । अथवा भनौं विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग !’ भनेर चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई, त्यस्तै कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होम स्टेका साथै पदयात्रा अर्थात् टे्रकिङ, पर्वतारोहण, जलयात्रा अर्थात् र्याप्mटिङ, बरफ आरोहण (जमेको हिउँ जो नीलो ढीक्का चढ्ने), निकुञ्ज विचरण, बन्जी जम्पिङ, स्की खेल, चरा अवलोकन, फिसिङ, जंगली जनावरहरुको सिकार गर्ने सिकार पर्यटन, हट एयर बेलुनिङ, जिप प्mलाईएर, चट्टान आरोहण, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राईभिङ, बाइकिङ, हाईकिङ, स्काई डाइभ, माउन्टेन प्mलाईट, सांस्कृतिक भ्रमण , औषधोउपचार अर्थात् मेडिकल टुर, ध्यान पर्यटन अर्थात योगा टुर, गाउँ अवलोकन भ्रमण, यस्तो भ्रमण कुनै जातजाति विशेषको बसोवास भएको ठाउँमा गरिन्छ, जसलाई अंग्रेजीमा ‘भिलेज टुर’ भन्ने गरिन्छ । त्यस्तै प्राचीन सहर अवलोकन भ्रमण, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर आदिलाई बुझिन्छ । हुन पनि कुनै पनि मान्छे आप्mनो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आप्mनो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आप्mनै देशमा पनि आप्mनो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यक्ता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपणर् कुरो के हो भने, जसले एक रात आप्mनो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आवद्ध ‘विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ । यसरी हेर्दा भारतीय सीमा क्षेत्रको होटल, लज र गेस्ट हाउसमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्नका लागि भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरु) पर्यटकलाई पनि हामीले पर्यटक मान्ने ? खास गरिकन हाल आएर भगवान मानिएको र बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एक छिन नेपाल आउने रसोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरुलाई पर्यटक मानेर पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आई सकेको छ ।
यसरी हेर्दा नेपालको पर्यटन उद्योगको विशेषतः होटल क्षेत्रको कुरो गर्दा (कोभिड-१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौं प्रगति भई रहेको थियो । हुन पनि लगभग दुई वर्षअघि आएको एक समाचारअनुसारमा नेपालको होटल उद्योगमा लगभग १३ खर्ब रुपैयाँ लगानी भैसकेको भनी समाचार आएको थियो । त्यो आधारमा अहिलेसम्म नेपाली होटेल उद्योगमा (रफ अनुमानको आधारमा भन्नु पर्दा) १७-१८-१९ खर्ब रुपैयाँभन्दा बढी नै लगानी भैसकेको हुनु पर्छ । पछिल्लो तथ्यांकअनुसार नेपालको होटलहरुले वार्षिक रुपमा ३५-३७ लाख विदेशी पर्यटकहरु धान्न सक्ने बेड क्षमता तयार भई सकेको छ । त्यही अनुसार विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएनन् भने, होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुले तत्कालै नाफा कमाउने त त्यस्तै हो, होटेल सञ्चालन खर्चसमेत कठिन पर्ने देखिन्छ । खास गरिकन नेपाली होटेल उद्योगमा लगानी गरेका लगानीकर्तामध्ये धेरै जसोले आपूmसँग भएको नगदभन्दा पनि बैँक, फाईनान्स, सहकारी तथा वित्त कम्पनीहरुसँग ऋण लिएर लगानी गरेका छन् ।