अन्तरराष्ट्रिय आमन्त्रण पवित्रहाङ्मा महिला फुटबल माघ चौथो सातादेखि

  राम योङहाङ
1.3k Shares

बर्सेनि अन्तरराष्ट्रिय आमन्त्रण महिला तथ पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको इलामको माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशाला ।

इलाम : पूर्वी पहाडको ठूलो धनराशी पुरस्कारको पवित्रहाङ्ममा अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता माघ चौथो सातादेखि हुने भएको छ ।

इलामको माङसेबुङ गाउँपालिका-५ स्थित धार्मिक क्षेत्र लारुम्बामा हुने १४ औं संस्करणको महिला फुटबलको तयारी तीव्र बनाईएको आयोजक आम्ता पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा हुने प्रतियोगितामा आउँदो माघ २३ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागिता निश्चित भएको छ । नेपालबाट माङसेबुङ गाउँपालिका इलाम, नवदीप युवा क्लब मिक्लाजुङ मोरङ, कन्काइ नगरपालिका झापा, नमोबुद्ध युथ फुलबल क्लब सप्तरी, दिपेन्द्र सिखर फुटबल क्लब इलाम र जनसहयोग युबाक्ल मोरङ सहभागी हुनेछन् । त्यसैगरी भारतबाट डिफेन्डिङ च्याम्पियन मानेभञ्याङ फुट्बल क्लब दार्जिलिङ र भुटानबाट विवाईसी भुटान सहभागी हुने निश्चित भएको आङ्बुहाङले बताए ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार  प्रदान गरिने अध्यक्ष आङबुहाङले बताए ।

प्रस्तावित आत्मानन्द  रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा दर्शका लागि बाँसको अस्थायी पारापेट निर्माण गरीएको छ । स्थायी पारापेट नभएका कारण दर्शकलाई मध्यनजर गर्दै बाँसको अस्थायी पारापेट निर्माण गरिएको अध्यक्ष आङ्बुहाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार