अखिल (क्रान्तिकारी) माङसेबुङको अध्यक्षमा अप्सरा

  नयाँ बुलन्द
1.4k Shares

माङसेबुङ : अखिल (क्रान्तिकारी) माङसेबुङको अध्यक्षमा अप्सरा तुम्बापो लिम्बू निर्वाचित भएकी छन् ।

शनिबार माङसेबुङ गाउँपालिकाको पर्यटकीय क्षेत्र माङमालुङमा सम्पन्न प्रथम सम्मेलनबाट लिम्बू अध्यक्षमा निर्वाचित भएकी हुन् ।

सम्मेलनले लिम्बू अध्यक्षतामा गाउँकार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा वर्षा लिम्बू, सचिवमा नोगेन लिम्बू, सहसचिवमा स्वीकृती लिम्बू र कोषाध्यक्षमा निर्जला मुखिया निर्वाचित भएका छन् ।

सदस्यहरुमा नबिना श्रेष्ठ, धिरेन मगर, दिवाना राई, नुमा लिम्बू, माल्भिका लिम्बू, सुबिल लिम्बू, बिबेक लिम्बू, युनिशा राई, रोमन लिम्बू, बसन लिम्बू, युना योङ्गहाङ, सुशिला राई, पुष्पा शेर्मा, सम्झना जबेगु, अस्मिता लिम्बू, आशा लिम्बू, ममता लिम्बू, आशिका लिम्बू, आकृती लिम्बू , खुशी लिम्बू, वेदना देवान निर्वाचित भएका छन् ।

३ जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्नेछ ।

नेकपा माओवादी केन्द्रका केन्द्री सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्यहरु प्रवास शर्मा, लक्षम राई जनम, जिल्ला सदस्य एवम् विद्यार्थी इन्चार्ज गन्जु प्रधान, अनेरास्ववु (क्रान्तिकारी) इलाम अध्यक्ष नयन वान्तवालगायको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार