मेडिकल डाक्टरद्वारा पहिचान सम्बन्धी चिरफार

  होहोरेम कुलुङ
511 Shares

हुन पनि विश्वका धेरै जसो मानिसहरुलाई आफ्नो बारेमा मात्रै चिन्ता हुन्छ । उसलाई कसरी समाजमा, नाम, दाम र प्रतिष्ठा कमाउने, आफू समाज र आफ्नो छर-छिमेकमा प्रतिष्ठत व्यक्ति भनी चिनिने, प्रतिष्ठित भनी कहलिने भन्नेमा नै बढी चिन्ता गर्छन् । त्यसैले गर्दा अधिकांश मानिसहरु सकेसम्म आफू समाज र छर-छिमेकमा प्रतिष्ठत व्यक्ति बन्न र प्रतिष्ठत व्यक्ति भनी चिनिनका लागि, र प्रतिष्ठित व्यक्ति भनी कहलिनका लागि जे-जसरी हुन्छ धेरैभन्दा धेरै धन कमाउन, चल-अचल सम्पत्ति जोड्न लागी पर्छन् । मानिसहरु धनी बन्नलाई, समाजमा प्रतिष्ठा कमाउनलाई, रवाफ देखाउनलाई जेसुकै र जस्तो सुकै काम गर्न तयार हुन्छन् । त्यस्ता व्यक्तिहरुले बढीसे बढी सोचेमा आप्mनो परिवारको आर्थिक जीवन स्तर र शिक्षा-दीक्षालाई अरुको हेरी समुन्नत र सुखमय बनाउनेतर्पm ध्यान दिएका हुन्छन्, अथवा भनौं ध्यान दिन्छन् । त्यो भन्दा अझ बढी सोचेमा आफन्त, नातागोता अनि आसेपासेहरुका लागि सोच्छ । आप्mनो छिमेकी र गाउँ-वस्तीसम्मलाई पनि नसोच्ने स्वार्थी हुन्छन् । यस्तो यत्रतत्र देखिएको र सुनिएको, सुन्दै आएको कुरो हो । अझ हाम्रो जस्तो पछौटे र अनपढ समाज बढी भएको र अल्पविकशित देशको त के कुरो गराई भो र ? शीषित भनिएका केही, थोरै मानिसहरु जसले औपचारिक शिक्षाको हकमा डिप्लोमा, डिग्री, एमफिल र विषयगत रुपमा डाक्टर पढेका त छन् । तर उनीहरुमा औपचारिक शिक्षाको हकमा जसरी डिप्लोमा, डिग्री, एमफिल र विषयगत रुपमा डाक्टर पढेको सर्टिफिकेट लिएका छन्, ती मानिसहरुमा पनि उनीहरुले औपचारिक रुपमा जुन ढंगले सर्टिफिकेट लिएका छन्, त्यो अनसारको चतेना, चैतन्य, विवेकशीलता, ज्ञान, प्रज्ञान, बुझाईको स्तर आदिमा वृद्घि भएको अथवा भनौं औपचारिक रुपमा पढेको पढाई, लेखाईअनुसारको परिवर्तन भने आएको देखिदैँन ?!

तर पनि समाज न हो, समाजमा सबै मानिसहरु एकै खाले कहाँ हुन्छ ? त्यस्तो हुने कुरो त विज्ञानले पनि स्वीकार गर्दैन । त्यसो त खस-नेपाली भाषामा एक भनाइ रहेको छ, ‘-भिल्लको देशमा मणि ।’

हो, खस-नेपाली भाषाको भनाइ ‘-भिल्लको देशमा मणि’ हुनु भएको छ, ‘-डाक्टर युवराज तेयुङ लिम्बु ।’ स्मरण रहोस्, उहाँ मेडिकल विषयमा (एमडी) पढेको डाक्टर हुनु हुन्छ । हुन सक्छ, डाक्टर युवराज तेयुङ लिम्बुलाई लेखको सुरुमा भनिए जस्तो आप्mनो बारेमा मात्रै चिन्ता नभएर, आफ्नो परिवारको मात्रै चिन्ता नभएर नै हुनु पर्छ, डाक्टर लिम्बुले देश र समाजको चिन्ता गर्दै अझ भएन, समग्र देश र समाजभित्र रहेको विभिन्न विषयहरुमा पनि चासो र चाख राख्दै कलम चलाउँदै आउनु भएको छ । त्यसैको फलस्वरप डाक्टर लिम्बुले ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ नामक किताब’ लेखेर पाठकहरु सामु ल्याउनु भएको छ ।

जुन किताबमा उहाँले विभिन्न मितिमा लेख्नु भएको २९ वटा लेखहरु संग्रहित रहेका छन् । डाक्टर लिम्बुको २९ वटा लेखहरुको संग्रह रहेको सो किताबमा नेपालका उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसंख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द ढंगले लेखिएको, उठाईएको भए तापनि विशेषतः डाक्टर लिम्बुको २९ वटामध्ये अधिकांशले लेखहरु नेपालका आदिवासी जनजातिहरुका विषय र मुद्घालाई सशक्त ढंगले आवाज उठाएको छ, प्रतिनिधित्व गरेको छ, बोलेको छ । डाक्टर लिम्बुले आप्mनो लेखमा त्यसरी नेपालका आदिवासी जनजातिहरुका विषय र मुद्घालाई सशक्त ढंगले आवाज उठाउने क्रममा सस्तो लोकप्रियताका लागि केवल ‘नारा मात्रै नदिएर, नलेखेर, जातीय पहिचान अथवा स्वपहिचान (पहिचान वा जातीय पहिचान भनेर मात्रै पुग्दैन, त्यसैले हामीले जातीय स्वपहिचान भनी लेख्नु, बोल्नु पर्छ भन्ने मेरो निजी विचार हो) वा जातीय अधिकार, भाषिक अधिकार, धार्मिक अधिकार, स्वशासन आदिका नाममा अब नेपालमा केवल विगतको जस्तो एकल जातीयता, खस-आर्य (खासमा हुनुपर्ने, लेख्नुपर्ने चाहिँ आर्य-खस हो), एकल भाषिकता खस नेपाली, एकल धार्मिकता हिन्दु, एकल वेषभुषा जस्तै ढाका टोपी, दौरा, सुरुवाल आदि मात्रै हुनु हुँदैन । त्यसतै राज्य सत्तमा पनि एकल जातीय प्रभुत्व हुनु हुँदैन देशको जातीय, भाषिक, धार्मिक जनसंख्याको बनोट जस्तो छ, त्यसैअनुसारको प्रतिनिधित्व राज्यको हरेक अंगमा हुनु पर्छ भनी लेख्नु भएको छ, डाक्टर लिम्बुले । त्यस क्रममा उहाँले एकल काँटे ढंगले आवाज नउठाएर, मनगढन्ते ढंगले फत्तुर मात्रै लगाएर नलेखेर हालसम्म राज्य सत्तामा भएका वा सहभागिता जनाएका जातजाति, भाषाभाषी, क्षेत्र, लिंग, वर्गको तथ्य, तथ्यांकसहित, उदाहरणसहित लेख्नु भएको छ, आप्mनो लेखमा उजारग गर्नु भएको छ । जहाँ राज्य वा राज्य पक्षद्घारा विभेद गरिएको विभेलमा परेका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तस्बीर तथ्य, तथ्यांक र दसी-प्रमाणहरु पनि प्रायः जसो सबै लेखहरुमा राखिएको छ, उल्लेख गरिएको छ ।

यसरी हेर्दाखेरि हालसम्म नेपालमा राज्य पक्ष अथवा भनौं शासकहरुले उत्पीडनमा पारेका विभेद गरेको वा विभेदमा पारिएका नेपालका आदिवासी जनजाति, अन्य उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, धार्मिक अल्पसंख्यक, सीमान्तकृत, महिला आदिको आवाजलाई बुलन्द ढंगले आवाज उठाएर लेखिएको धेरथोर किताबहरुमा एक हुनु पर्छ, डाक्टर लिम्बुद्घारा लिखित ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ नामक किताब । जुन किताबले केवल आदिवासी जनजातिहरुको आवाजको मात्रै प्रतिनिधित्व नगरेर समग्र नेपालका उत्पीडित अथवा भनौं शासकहरुले उत्पीडनमा पारेका र विभेद गरिएको वा विभेदमा पारिएका नेपालका आदिवासी जनजाति, अन्य उत्पीडित जातजाति, भाषाभाषी, दलित, मधेसी, महिला, पिछडिएको क्षेत्र, धार्मिक अल्पसंख्यक, सीमान्तकृत आदिको आवाजलाई बुलन्द ढंगले लेखिएको डाक्टर लिम्बुको ‘अस्तित्व पहिचान र संघीयता सन्दर्भमा’ किताबलाई तपाईँ-हामी सबैले आम पाठकहरुलाई जानकारी होस् भनी प्रचारप्रसार गर्नका लागि महत्वपूणर् भूमिका खेल्नुपर्ने देखिन्छ । साथसाथै यो किताब बिक्री वितरण गर्नका लागि पनि हामीले व्यक्तिगत रुपमा के गर्न सकिन्छ ? सोच्न र जे सकेको पहल पनि गर्ने हो कि ? भनी सोच्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार