ढाका, अल्लो र गाँजाः आत्मनिर्भरताको आधार

  निनाम लोवात्ती
42 Shares


हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान सुरु भएको छ । यस कार्यमा चेतनाको वृद्वि दर पनि बढी रहेको देखिन्छ । चाहे त्यो खाने कुरोमा होस्, वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौं मानिसहरुले आपूmले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाहिर-फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ अब फेरि मानिसहरु आनुधिक जमानाको नाममा आपूm खुशी जताभावी गर्ने भन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।

यसरी हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरुले आपूmले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाहिर-फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ । त्यसैले यहाँ अरु कुरो (अल्लो/सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि) लाई छाडेर ‘तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभा लगायत लिम्बुवान क्षेत्रमा ढाका’ भनेर चिनिने हातले बुनिने कपडा अर्थात् हाते तानबारे केही लेख्ने जमर्को गरिएको छ । हुन त परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर ढाकालाई चिनिन्छ । लिम्बु भाषामा ‘थाक थाक्मा’ तान बुन्नु/तान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको भए तापनि लिम्बु, कुलुङ लगायत प्रायः सबै किरातीहरुमा प्रचलनमा रहेको ढाका कपडा अलि अघिसम्म ‘पाल्पाली’ र ‘तेह्रथुमे’ ढाकालाई व्यवसायीक रुपमा चिनिने गरिन्थ्यो । संभवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङफेले तेह्रथुममा ढाकालाई व्यवसायीक रुपमा सुरु गरिन् भन्न सकिन्छ । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झण्डै २८/२९ व्र्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर/खोलेर ढाका उद्योग सुरु गरेकी थिइन् ।

उज्वलताको ढाका उद्योगमा काम गर्ने थुप्रै बुनकर मजदुरमध्ये एक रवि पाँचथरका दिलमान विश्वकर्मा (हाल उनले सो उद्योग छाडीसके) भन्छन्, ‘दिनमा ६-८ रुपैंयासम्म कमाई हुन्छ । कमाई राम्रै छ भन्नु पर्यो ।’ ढाका बुन्न पोख्त वा भनौं जान्ने भइसकेका बुनकर मजदुरहरु ठेक्कामा बुन्दा पोसाउने (बढी कमाई हुने) बताउँंिछन्, तेह्रथुम पिप्ले घर भएकी लक्ष्मी विश्वकर्मा । उनी भन्छिन्, के गर्नु, जिन्दगीभरि साथ दिने कसम खाएर मरिहत्ते गरेर विवाह गरेका बूढोले धोका दिएर गए । दुई लालाबाला पालेर बसेकी छु । कमाई ठीकै छ । अरु त के गर्नु र ? ज्यान पालेकी छु । केटाकेटी पालेकी छु, त्यत्ति हो ।’ उज्वलताका अनुसार उनको ढाका उद्योगमा काम गर्ने बुनकर मजदुरहरुलाई सकेसम्म राम्रो सेवा सुविधा दिइएको छ । हुन पनि केही वर्ष अघिसम्मको तथ्यांक हेर्दा तेह्रथुम जिल्लाबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ता-कपडा २ करोड रुपैँयाभन्दा बढीको बिक्री हुने गरेको थियो अहिले त ३ करोडदेखि ३ करोड ५० लाखसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट मात्रै बाहिर जाने अनुमान गर्न सकिन्छ ।

त्यसो त पाँचथर जिल्लाको थर्पु गाऊँकी कल्पना योङहाङ पनि विसं २०६२/०६३ देखि ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागी परेकी छिन । त्यसो कल्पनाले नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागी परेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत खोलेकी छिन् । उनका अनुसार सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन । स्मरणीय के छ भने, यसरी नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन, बजार प्रवद्र्धन र बिक्री गर्नका लागि उनले कुनै शो रुम, अफिस वा कार्यलय खोलेकी छैनन्, उनी यी सबै काम सामाजिक सञ्जाल फेसबुकबाटै गर्छिन ।

नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनहरुमा केके उत्पादन भई रहेका छन् त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेख्ली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमानहरु तयार हुन्छ । त्यसो त हाल अधिकांश नेपाली क्रेताहरु प्नि विदेशमा रहेका आफन्तहरुलाई कोशेली पठाउन र, आफै पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रमहरुमा लगाउनका लागि ढाका कपडा र ढाकाजन्य उत्पादनहरु किन्ने गरेका छन् ।

त्यस्तै लिम्बु लगायत आदिवासी जनजातिहरुले गीत-संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्नका लागि कलाकारहरुले लगाउने डे्र्रस-अपका लागि चाहिने कपडा किन्न वा भाडामा लिने क्रेज पनि अहिले बढ्दो क्रममा रहेको एक ढाका व्यापारीको भनाइ छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरी लगायत जिल्लाजिल्लामा घुमघाममा जाने/आउने आन्तरिक पर्यटकहरुले पनि कोशेलीको रुपमा टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् । त्यसो त, हाल जुनजुन देशमा लिम्बु समुदाय र समग्र नेपालीहरु पुगेका छन्, ती देशहरुमा पनि ढाका कपडा लगायत ढाकाजन्य उत्पादनहरु पुग्न थालेको छ । यसरी हेर्दा तेह्रथुम, पाँचथर, धनकुटा लगायत नेपालको पूर्वी क्षेत्र र काठमाण्डौ, ललतिपुर, भक्तपुर लगायत अन्य जिल्लामा पनि नजानिँदो किसिमले थुप्रै ढाका उद्योगहरु खुलेर सञ्चालनमा आएको देखिन्छ । अझ धेरै जसो व्यक्तिगतहरुले पनि व्यक्तिगत रुपमा आ-आप्mनो घरमा तान लगाएर पनि ढाका बुन्ने क्रम बढ्दै गएको देखिन्छ । निश्चय नै यस्तो कार्यले मान्छेहरुले व्यक्तिगत रुपमा केही न केही आय-आर्जन भएको छ भने यस्तो कार्यले समाजमा आत्मनिर्भरता पनि बढाएकै छ । साथै व्यक्ति-व्यक्तिको यस्तो आर्थिक आय-आर्जन र स्वरोजगारले देश अथवा भनौं सरकारको पनि केही हदसम्म आय स्रोतको माध्य बढेकै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार