हिमाल फक्ताङलुङ र महागुरु फाल्गुनन्द लिङदेन

  मुकुम नेम्बाङ
385 Shares

आज २०८० कात्तिक २५ गते राष्ट्रिय विभूति महगुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती हो । समाज सुधारक अभियान्ता महागुरुप्रति हार्दिक नमन छ ।

लगातार ३ वर्षको फक्ताङ्लुङलगायत हिमाली क्षेत्रको ट्रेकिङ भरखरै सकेर विश्राम गरिरहेको छु । मैले यहाँ देखेका राजनीतिक, सामाजिक र साँस्कृतिक पक्ष भन्दा पनि केही विषय वस्तुहरुको फरकपनलाई महागुरु फाल्गुन्द लिङ्देनज्यूको नेतृत्वमा करिब बव.स.१९९३ देखि सुरु भएका सम्बन्धलाई  केलाउन चाहन्छु ।

क्षेत्री जीवन, नुन तेल (२०८०) हिमालको उतरतिर भन्दा दक्षिणतिर २०/३० गुणा ज्यादा पानी पर्छ । हिमालमा हिउँ अडेर वर्षभरी पानी बग्ने हिमनदी तयार हुन्छ । जसले पहाड मैदान गंगा फाँटसम्म खेतीयोग्य र उत्पादनमा सघाउ पुर्याउँछ । भुबिज्ञान भन्दछ, पृथ्वी कम्तिमा तीन पटक यस्ता क्षण आए, जब वायु मण्डलमा अधिक अक्सिजन र न्यून कार्बनडाइअक्साइड भएका कारण पृथ्वी चिसिएर एक किलोमिटर बाक्लो हिउँले ढाकिएको थियो । फेरि कार्बनअक्साइड धेरै र अक्सिजन न्यून भएका यस्ता क्षणहरु पनि आए जहाँ हिउँको ढिका रहेन पानी नै पानी रहयो । अन्तत हरित ग्याँस उत्सर्जनपछि बनस्पति, जीवजन्तुको विकास भयो ।

हिमालको हिमश्रुङ्खलाबाट नै आजको ठूलठूला नदीहरुको गंगा, यार्लोसाङ्पो, ब्रहापुत्र उत्पति विकाससँगै मानव विकास साथै सभयताको विकास भएको छ । वर्षा याममा पहाडको मलिलो माटो बगाएर मैदान फाँट उब्जनशील क्षेत्र बनाएको छ । पुरातात्त्विकहरुको दाबीमा प्राचीन विकसित सभ्यताहरुमध्ये हरप्पालीलाई मानिन्छ । जुन हिमालको पश्चिम छेउबाट दक्षिणतिर बग्ने इन्डस नदीले बनाएको उर्बर फाँटमा विकसित भएको थियो ।

आजका दिनसम्म हिमालमा हिउँ परेको छैन । सेताम्मे हुनुपर्ने हिमाल आज अग्लो काला पहाड मात्र छ्न् । धेरै ताल (लेक) हरु आधा मात्र पानी छ । हामीले अनुमान गर्यों, भन्यौ । जलवायु परिवर्तनका कारणले होला भनेर, जलवायु बैज्ञानिकहरु भन्छ्न् पृथ्वीमा तापक्रम वृद्धि १.५ डिग्री भन्दा उकालो लाग्यो भने त्यसले दुई खाले जटिलता हुन सक्नेछ्न । (१) बाढी र खडेरी हुने र बाली जीवन चक्रमा समस्या (२) वायु मण्डलको कार्बन र तापक्रमको वृद्धिदर बिस्तारै मानिसको नियन्त्रण भन्दा बाहिर जाने छ । तापक्रम बढेर अहिलेको सन्तुलन खल्बलिएर विशाल कार्बन भण्डार आफै कार्बनडाइअक्साइड र मिथेन जस्ता हरित ग्यास निस्कनेछ । यी चिज मानव जिवनका लागि सन्तुलन असम्भव हुनेछ ।

१.५ डिग्रीले लक्ष्मण रेखा पार हुने निश्चित छ । (सन२०२२) मा चिनको याङ्जे नदी सुक्ने महाखडेरी र पाकिस्तानलाई डुबाएको महाबाडी बिपत्तिका सङ्केत हुन् ।

मानवसँग हिमालको गहिरो सम्बन्ध छ । मानव अस्तित्व जिवका लागि हिमालको महिमा र भूमिका सन्दर्भमा फिक्सन कथा जस्तो मात्र होइन, यथार्थ वास्तविक हो ।

यी सन्दर्भलाई जोड दिनुका कारण हिमालमा हिउँ पर्नुपर्छ । वातावरण सन्तुलन रहेमात्र मानव अस्तित्व कायम हुन सक्छ भन्ने ज्ञान् चेतनाको विकास महागुरु फाल्गुनन्द लिङ्देनको उबेलाको सोच चिन्तन थियो । हिमाललाई पवित्र मान्नुपर्छ, हिमालको सेवा आत्मासँग जोडेर हेर्नुपर्छ भन्ने सन्देश वि.स १९९३ तिर देखिकै फक्ताङ्लुङ तीर्थ यात्राले सन्देश दिएको हो । पृथ्वी, मानव अस्तित्वका सम्बन्ध हिमालसँग  यति नजिक छ भने अर्थ मुन्धुमी श्रोतलाई महागुरु फाल्गुन्न्दज्यूले बैज्ञानिक सहित व्यावहारिक जीवनसँग मार्गदर्शनलाई व्याख्या गर्नुभएको छ । सबै मानवहरु हिमाल यात्रा गरेर हिमालको अवस्था बुझ्ने जान्ने अनि पृथ्वीको रक्षाका लागि कदम चाल्नुपर्छ भन्ने यस योगदान यो महान पवित्र कार्यका महान व्यक्तिलाई यी विषयमा सम्झिनु सदैब लायक सधैं सम्झेर सदियौं वर्षसम्मका मानव अस्तित्व रक्षाका लागि दुरदर्शी सोचलाई आज पनि सम्झिनु अनिवार्य हुनेछ ।

– चिलिङ्देन पान्थर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार