काठमाडौं : चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। पुर्व प्रधानमन्त्री खछ्याङको आज (शुक्रबार) बिहान हृदयाघातको कारण निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन्।
लीलाई बिहीबार राति अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा स्थानीय समय अनुसार गए राति १२ः१० उनको मृत्यु भएको हो। सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्वमा उदाएका थिए।
सीले सन् २०१३ मा आफु राष्ट्रपति भएसँगै लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए। सी दुई कार्यकाल राष्ट्रपति रहँदा ली पनि दुई कार्यकाल नै प्रधानमन्त्री रहे।
सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भयो। ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट विदा लिएका थिए ।
६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए।