
नेपाल बाहेक भारत, नेपाल, बंगलादेश, इन्डोनेसिया, पाकिस्तान, श्रीलंका, संयुक्त राज्य अमेरिका (युएसए), मलेसिया, संयुक्त अधिराज्य-बेलायत (युके), म्यानमार (बर्मा), मौरिसस, फिजी, भुटान, माडागास्कार लगायत लगभग एक सय देशमा धेरथोर संख्यामा हिन्दु धर्मालम्बीहरुको बसोवास रहेको छ । यो लेखका लेखकलाई विश्वास नगरे, जोकोहीले थप पुस्टिका लागि ‘गुगल सर्च’ गरेर हेर्नु होला भन्ने आग्रह छ । यसरी हेर्दा विश्वका जुनजुन देशमा हिन्दु धर्मालम्बीहरुको बसोवास रहेको छ, ती देशहरुमा दशेरा, दशहरा, बडा दसैं, मोहनी, दसैं, कालरात्री, विजया दशमी, शारदीय चाड आदि नामले चिनिन्छ । यसरी चाड वा पर्व एकै भए तापनि ठाउँअनुसार अनेका नामले चिनिने हिन्दुहरुको प्रमुख चाड हो ‘-दसैं वा भनौं बडा दसैं ।’
त्यसो त दुनियाँभरिका मानिसहरुले जसरी क्रिसमस भनेपछि क्रिस्चियन धर्मालम्बीहरुको चाड, ईद भनेपछि मुस्लिम धर्मालम्बीहरुको चाड, बुद्घ-पूणर्िमा भनेपछि बुद्घ धर्म मान्नेहरुको चाड भनेर चिनिन्छ त्यसरी नै ‘-दशेरा, दशहरा, दसैं वा भनौं बडा दसैं ।’ भनेपछि हिन्दु धर्मालम्बीहरुको चाड-पर्व, ‘चाक्चाकूर’ भनेपछि कुलुङ जातिको चाडपर्व भनी चिनिन्छ (कुलुङ जातिलाई राज्यले हालसम्म अलग्गै जातिको मान्यता दिई सकेको छैन, भलै विसं २०६८ र २०७८ को जनगणनामा कुलुङ जाति, कुलुङ मातृभाषा, पूर्खाको भाषा सबैमा तथ्यांक आएको छ ।) तोल ल्होसार भनेपछि गुरुङको पर्व भनी चिन्ने गरिन्छ, चिनिन्छ । तर नेपालका अतिवादी विचारधाराका धार्मिक नेता, राजनैतिक दलका नेता बुद्घिजीवीहरु, लेखकहरु पत्रकारहरु र अभियन्ता भनिनेहरु चाहिँ ‘-दशेरा, दशहरा, दसैं वा भनौं बडा दसैं ।’ हिन्दुहरुको मात्रै नभएर सबै नेपालीहरुको चाड हो भन्नेहरु पनि ब्रगेल्ती भेटिन्छन् । जबकि दसैं मात्रै नभएर तिहार, राम नवमी (चैते दसैं), शिवरात्री, फागु पूणर्िमा (होली), कृष्ण जन्माष्टमी, तिज, जनै पूणर्िमा, ऋषि पञ्चमी एकादशी, तुलसी रोपण, आदि हिन्दु धर्मसँग सम्बन्धित चाडबाडहरु कसरी सबै नेपालीहरुको हुन सक्छ ? किनकि नेपालमा हिन्दु धर्मालम्बी बाहेक किरात, क्रिश्चियन, मुस्लिम, बौद्घ, बहाई, जैन, शिख, प्रभुदासी, प्रकृति पूजक र धर्मै नमान्ने मानिसहरु पनि बसोवास गर्छन् । जे होस्, ‘दसैँ’का सम्बन्धमा लामो समयसम्म गलफत्ती भई रहने देखिन्छ ।
हुन पनि दसैं पर्वका बारेमा अनेक ढंगले बहस, छलफल र तर्क गर्न सकिएता पनि आर्य/खस समूहका मान्छेहरुले (खासगरी बाहुन, क्षेत्री, ठकुरी, दशनामी, शाह, राणा, हमाल, राणाभाट आदिले) दशमीको दिन रातो रंगले मुसेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । आदिवासी जनजातिहरुले चाहिँ आर्य/खस समूहका मान्छेहरुले जस्तो रातो टीको नलगाएर दहीले मुसेको ‘सेतो टिको !’ लगाउने गर्छन् । अझ नेपालका कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातजातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए/मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । अर्थात् आर्य/खसहरुले रातो माटो (रंग) ले घर लिपपोत गर्छन् भने आदिवासी जनजातिहरु सेतो माटो (कमेरो माटो) ले घर लिपपोत गर्छन् । त्यति मात्रै होइन, हिन्दुहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा मुख्य दसैँ मान्ने गरिन्थ्यो भन्ने भनाइ पनि बलियो गरी गढेको छ । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो । अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ भन्ने गरिन्छ, चैते दसैं मान्ने गरिन्छ ।
खासमा दसैँ चाडलाई आर्थिक कारोबारको केन्द्र बिन्दु र छोटो समयमा धेरै नगद चलायमान हुने अवसरका रुपमा पनि हेर्न, देख्न सकिन्छ । किनभने यो चाडको अवसर (दसैँ आसपासको ३ महिना) मा मात्रै मात्रै देशको वर्षभरिको सम्पूणर् आर्थिक कारोबरको ३८-४० प्रतिशतदेखि ४२-४३ प्रतिशत रकम बराबरको व्यापार हुने गरेको भनी अर्थतन्त्र सम्बन्धी समाचार दिने दैनिक पत्रिका ‘कारोबार दैनिक’मा दुई वर्षअघि एक समाचार आएको थियो । यसरी हेर्दा दसैँ केवल एक शुद्घ रुपको चाड वा पर्व मात्रै नभएर धर्मसँग जोढिएको राजनीति र अर्थतन्त्रको एक ‘जादुमयी हतियार !’ का रुपमा पनि प्रयोग हुँदै आएको देखिन्छ । यसो भन्दाखेरि कसैले विमति नराख्लान् कि ? किनभने दसैं चाडको व्यवहारिक पक्ष हेर्दा यही देखिन्छ । भलै कसैकसैले अस्वीकार गर्न सक्छन्, यो वास्तविकतालाई ।
त्यसो त आजभोलि दर्सैंै कसको चाड हो ? भनी भुइँ तहसम्मै खुबै बहस र छलफल भइरहेको देखिन्छ । निश्चय नै यसरी बहस र छलफल हुनु राम्रो हो । किनभने यसले दसैंका सम्बन्धमा वास्तविकता के हो त ? भनी निश्कर्षमा पुग्न सहयोग नै पुग्ने देखिन्छ । हुन पनि केही दशक अघिसम्म नेपालको राज्य शंयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूणर् नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना !’ व्यक्त गरिन्थ्यो । आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक, दैनिक पत्रत्रिका अनि अनलाइन न्युज पोर्टलहरु निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक, दैनिक पत्रत्रिका र अनलाइन न्युज पोर्टलहरुले समय साक्षेप बडा दसैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा मा ‘सम्पूणर् नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को सट्टामा ‘हिन्दुहरुको महान चाड बडा दसैं !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थालेका छन् । साथै उदारवादी विचार राख्ने केही टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक, दैनिक पत्रत्रिका र अनलाइन न्युज पोर्टलहरुले समय साक्षेप रुपमा बडा दसैं लगायत अन्य चाडबाडका सम्बन्धमा स्वस्थ्य ढंगले बहस र छलफल चलाउन थालेका छन्, लेख रचनाहरु छाप्न, प्रशारण गर्न, अपलोड गर्न थालेका छन् । जुन कामलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । तर अभैm पनि केही अतिवादी हिन्दुहरुले निजी क्षेत्रको सञ्चारमाध्म जतो कि टेलिभिजन, रेडियो, एफएम, मासिक, पाक्षिक, साप्ताहिक, दैनिक पत्रत्रिका र अनि अनलाइन न्युज पोर्टलहरुले समय साक्षेप बडा दसैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूणर् नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ नभनेकोमा आक्रोशपूणर् लेखहरु लेख्ने, प्रतिक्रिया दिन छाडेका छैनन् । उनीहरुको यस्तो हर्कत हेर्दा नेपालका अतिवादी हिन्दु धर्मालम्बीहरु अभैm पनि समय साक्षेप ढंगले अघि बढ्न चाहँदैनन् भन्ने देखिन्छ ।



















































