
इलाम : दसैको बेला काठमाण्डौ– इलाम गुड्ने यात्रुलाई बाध्य बनाएर चार हजार रुपैया उठाउने गरेको पाईएको छ । काठमाण्डौ– इलाम गाडीले चार हजार गोटाले हो भने टिकट छ भन्छन नत्र छैन भनेपछि चार हजार तिर्न बाध्य भएको यात्रुको गुनासो छ ।
त्यतिमात्र हैन चार हजार तिरेपछि बाटोमा कसैले सोधे रिजर्भ भन्ने सर्तमा मात्रै चारहजारमा ल्याउने गरेको यात्रु बताउछन ।
टाटा सोमु र हायसले तीन हजारमा इलाम ल्याईरहँदा अरु १० वटा गाडीले चाहि चार हजार त्यो पनी रिजर्भ भन्ने सर्तमा मात्रै ल्याउने गरेको पाईएको हो ।
भाडा भने टाटा सोमु र हायसको २५ सय रुपैयाँ मात्र रहेको छ । तिरेको रसिद पनि यात्रुले पाउँदैनन । भाडा दर भन्दा फरक रकम उठाएपनि टिकट त दिँदैनन दिँदैनन रिजर्भ भन्न समेत लगाउने गरेका छन । खुलेआम यात्रुलाई ठगीरहँदा पनि यो विषयमा कोही बोल्न चाहाँदैनन ।
विगतका वर्षमा झै यस वर्ष पनि दशैं तिहारका समय काठमाडौंबाट इलाम आउनेहरु हैरानी खेपिरहेका छन । एकातिर, सहज यातायातको सुविधा नपाउँदाको दुःख छ भने अर्कातिर भाडा दरमा हुने मनपरिले आजित छन् यात्रुहरु ।
चाडपर्वका बेला लाखौं सर्वसाधारण राजधानी काठमाडौंबाट आफ्नो गृह जिल्ला फर्कने भएकाले यो बेला यातायात व्यवसायीहरूले भाडालाई ‘बार्गेनिङ टुल’ बनाएका छन् ।
चाडपर्वम मनपरी भाडा वृद्धिदरको लफडाले यात्रुहरु मारमा पर्छन् । सरकारले भाडा दर समायोजन गरेको छ तर चालकले लागु गर्दैनन । मनपरी भाडा वृद्धिकै विषयले चाडपर्वका समय यात्रुको टाउको दुखाई हुनेगर्छ । तर नियमकारी निकायभने गुमनाम जस्तै देखिन्छ यतिबेला ।