ताप्लेजुङ : रिटर्नी सेन्टर नेपाल ताप्लेजुङको अध्यक्षमा शिव तोलाङ्गी चयन भएका छन् ।
बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको शनिबार फुङलिङमा भएकफो भेलाले तोलाङ्गीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिका उपाध्यक्षमा भिमबहादुर भट्टराई, सचिवमा पदम बुडाक्षेत्री, सहसचिवमा चन्द्रहाङ लिम्बू र
बलबहादुर मादेन तथा कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन् ।
सदस्यहरुमासुजन साँवा, बिर्ख राई, खगेन्द्र, कुशल तामाङ, गंगाराम रसाइली, लिला तोलाङ, रुकमान लिम्बू, बिनोद तामाङ, गंगाबहादुर गुरुङ, डम्बरबहादुर साँवा, राजेन्द्र बुडाथोकी, कविराज लिम्बू, पेमा नुर्देन शेर्पालगायत रहेका छन् ।
रिटर्नी सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् प्रवास विभाग प्रमुख राम सञ्जेलको उपस्थितिमा कार्यक्रम भएको थियो ।