इलाम : बैदशिक रोगजारीबाट फर्किएका युवाहरु इलाममा संगठित भएका छन् । शुक्रबार इलाम सदरमुकाममा भएको बैदशिक रोगजारीबाट फर्किएका युवाहरुको भेलाले पहिलो पटक रिटर्नी सेन्टर नेपालको जिल्ला समिति गठन गरेको छ ।
दिनेश ढुङ्गेलको संयोजकत्वमा ७ सदस्यीय रिटर्नी सेन्टर नेपाल इलाम जिल्ला समिति गठन भएको हो । समितिका सहसंयोजकमा धनबहादुर कठेत र सचिवमा सुशिल बानियाँ चयन भएका छन् ।
सदस्यहरुमा सुरेश राई, दुर्गाप्रसाद गौतम, तुलाराम खतिवडा र कृष्ण ढकाल चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रको २४ औं जनसंठनको रुपमा रिटर्नी सेन्टर नेपाल गठन भएपछि जिल्लामा समेत संगठन विस्तार भएको हो ।
कार्यक्रममा रिटर्नी सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् प्रवास विभाग प्रमुख राम सञ्जेल, माओवादी केन्द्र इलाम संयोजक विजय खम्बू, प्रदेश परिषद सदस्य प्रकाश परियार, जिल्ला सचिवालय सदस्य गञ्जु प्रधान, विक्रम लिम्बूलगायतको उपस्थिति थियो ।