
इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई संगठित गर्न थालेको छ ।
माओवादीले आफ्नो २४ औं संगठनका रुपमा रिटर्नी सेन्टर नेपालको नाममा बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई संगठित गर्न थालेको हो ।
माओवादी केन्द्रले शुक्रबार रिटर्नी सेन्टर नेपालको प्रथम जिल्ला भेला आयोजना गर्दैछ । भेलाले जिल्लास्तरीय तदर्थ समिति गठन गर्ने रिटर्नी सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् प्रवास विभाग प्रमुख राम सञ्जेलले जानकारी दिए ।



















































