हो, यो वर्ष गत वर्षको तुलनामा आधाभन्दा पनि बढी नै अलैँचीको भाऊ बढेको छ । हुन पनि अलैचीँ खेती गर्ने किसानहरुले गत वर्ष केवल २५, २६, २७, २८ हजार प्रति मन (४० किलो) का दरले अलैचीँ बेचेका थिए । जबकि यो वर्ष चाहिँ अहिले (प्रारम्भिक चरणमै) नै प्रति मन (४० किलो ग्राम) को ५८-५९ हजारदेखि ६०-६१ हजारसम्म पुगेको छ । यो वर्ष अलैँचीको भाऊ अरु बढ्न सक्ने देखिन्छ । जसले गर्दा विगत लामो समयदेखि मारमा पर्दै आएका अलैँची खेती गर्ने किसानहरुमा थप उत्साह जागेको छ । हुन पनि अलैँची मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मेहनत नगरी र पसिना नबगाईकन सजिलैसँग धेरै भन्दा धेरै आमदानी गर्न सक्छन्, फाइदा लिन सक्छन् । हुन पनि विगत (२५-२६ वर्षअघि) मा किसानले अलैँचीबाट धेरै राम्रो आमदानी गर्न सकेका थिए । तर बीचमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यस बीचमा नेपाली अलैँची खेती गर्ने किसानहरुले एक मन (४० किलो) अलैँचीको १६-१७-१८ हजारदेखि २०-२२-२३ हजार रुपैयाँमै बेच्नु परेको दुःखद र निराश लाग्दो अवस्था थियो ।
हुनत नेपाल केवल अलैँची मात्रै नभएर हरेक क्षेत्रमा, हरेक वनौषधीय चिजबिचमा धनी रहेको छ भने त्यस्ता वनौषधीय चिजबिचबाट धेरै मेहनत नगरी र पसिना नबगाईकन सजिलैसँग धेरै भन्दा धेरै आमदानी गर्न सक्छन् । हुन पनि विगत (२५-२६ वर्षअघि) मा किसानले अलैँचीबाट धेरै राम्रो आमदानी गरेको देखेर नेपालका प्रायः सबै क्षेत्रमा, खास गरी पूर्वका किसानले मात्रै गर्दै आएको अलैँची खेती पश्चिम र मध्यपश्चिमसम्म पनि पैmलियो, विस्तार भयो । तर बीचको समयमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । जबकि २०-२२ अघि एक मन अलैँचीकै ८०-९० हजारदेखि एक लाख १० हजारसम्ममा बिक्री भएको कीर्तिमान कायम भएको थियो । तर राम्रोसँग बिक्री हुँदै आएको अलैँचीको भाऊ घटेर एकाएक एक मन (४० किलो) अलैँचीको ११-१७ हजारदेखि २०-२१ हजार रुपैयाँमा बेच्नुपर्ने अवस्था पनि आयो भन्ने त माथि नै उल्लेख गरियो । त्यसमाथि पनि बीचको समय (१२-१५ देखि) अलैँचीमा अनेक खाले रोगहरु पनि लाग्नु थाल्यो । जस्तै बोट नै सुक्ने, फुल नफुल्ने, फल नलाग्ने, अलैचीँको बोट नै मर्ने आदि रोगहरुले अलैँची खेती गर्ने किसानहरु हतोत्साही भएका थिए ।
जे होस्, हाम्रो देश नेपाल प्राकृतिक स्रोत र जडीबुटीमा जस्तो कि, ‘झारपात, वनस्पति, लेऊ, भ्mयाऊ, लिसो, गम, टर्रोपन र अमिलोपन भएका ससाना, बुट्यान, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियालीपन, खोलानाला, हिमाल, पहाडबाट छङ्छङ् गर्दै बग्ने छहरा, छाँगा, टलक्क टल्कने हिमाल, पहाड एवम् सम्म परेका खेती योग्य टार, भित्री मधेस, दून, मध्यमदेखि ठूला उपत्यकाका साथै खेती योग्य मैदानी भूभाग, नदी किनार र चुरे क्षेत्रको फेदीमा रहेका मध्यस्तरका टारबारी अथवा दून (उपत्यका-मैदानी) जग्गा आदिमा पनि धेरै नै धनी रहेको छ । जुन कुरोहरुले गर्दा प्रकृतिको देनको आधारमा नै हामी धेरै धनी रहेका छौं भन्ने देखाउँछ । अझ भएन हाम्रो देश नेपाल जातजाति, भाषाभाषी, वेषभुषा, धर्म, संस्कार, संस्कृति, चाडबाड, रहनसहन, परम्परागत मूल्य-मान्यता, आप्mनोपन आदिमा पनि धेरै धनी देश हो भन्ने विश्वका धेरै विद्घानहरुले अध्ययन-अनुसन्धान गरेर प्रमाणित गरेका छन् । त्यसैले त विश्वका प्रायः सबै देशका अध्ययन अनुसन्धानकर्ताहरु नेपाल आउने गरेका छन् ।
भनिन्छ, हाम्रो देश नेपाल वनस्पतिजन्य पूmल फुल्ने फुलहरु मात्रै लगभग सात हजार प्रकार छन् । यस सम्बन्धमा विषय वनस्पतिशास्त्रीहरु अध्ययन, अनुसन्धानकर्मीहरु अध्ययन गर्न को भनाइ रहेको छ । त्यति मात्रै होइन, अन्य प्राकृतिक साधन र स्रोतमा पनि हाम्रो देश नेपाल धेरै धनी देशको रुपमा रहेको विविधै छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन । तर पनि हामी नेपालीहरुले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधीजन्य जडीबुटीहरुलाई सही र पूणर् क्षमताका साथ सदुपयोग गर्न सकी रहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतिहरुको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्ता अनेकौं औषधिजन्य वनस्पतिमध्ये यहाँ राष्ट्रिय रुपमा कम चर्चामा रहेको तर गाउँघरमा धेरै समय अघिदेखि घरेलु औषधिको रुपमा प्रयोग गर्ने गरेकोे एक जडीबुटी वा भनौं औषधिजन्य वनस्पति ‘अलैँची’बारे केही लेख्ने प्रयास गरिएको छ ।
विशेष गरी चिस्यान भएको बारी अझ त्यसमा पनि उत्तीसको जंगल वा झाडीको भएको भिरालो पाखोमा राम्रोसँग हुर्कने, फैलने र बढ्ने ‘अलैँची’को प्रयोग औषधि, सुगन्ध, महँगो रक्सी बनाउन, चियामा हालेर खान, मासुका परिकार तथा तरकारीमा मसलाका रुपमा प्रयोग गर्न, कोसेलीका रुपमा लिनेदिने आदि कार्यमा पनि हाल आएर अलैँचीको प्रयोग हुँदै आएको देखिन्छ ।
अलैँचीको खेती १२-१३ सय मिटर देखि १५-१६ सय मिटरको उचाईसम्ममा राम्रोसँग हुन्छ । हुनत अलैँची खेती सोभन्दा माथिको उचाई वा तल (१०-११ सय मिटर देखि १७-१८ सय मिटरभन्दा कम वा वेशी) को उचाईमा पनि कृतिम तरिकाले खेती गर्न सकिने संभावना छ कि ? यस बारेमा अलैँचीको बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञहरुले अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिन्छ । अथवा गरिसके कि ? यो पंक्तिकारलाई थाहा भएन । जे भए तापनि विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा अलैँची खेती हुँदै आएको थियो भने हाल आएर भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ लगायत जिल्लामा पनि अलैँची खेती गर्ने क्रम सुरु भएको छ, भई रहेको छ । अलैँचीको महत्व कति छ भन्ने त केही वर्ष अघिदेखि चीन, मध्यपूर्वका खाडी देशहरु, युरोप महादेशका देशहरु, उत्तर अमेरिकी महादेशका देशहरु, दक्षिण अमेरिकी महादेशका देशहरु, अफ्रिका महादेशका देशहरुमा समेत निकासी हुने (भारतले नेपालमा उत्पादन भएको अलैँची आपूmले मात्रै किन्ने र त्यही अलैँची अरु देशलाई बेच्छ भन्ने नेपाली व्यापारीहरुको भनाइ रहेको छ ।) गरेकोले पनि देखाउँछ ।
नेपालमा अलैँची खेतीको व्यवसायीक खेती गर्ने किसानहरुले भदौ असोजमा कात्तिक-मंसिर महिनामा बिउ/नर्सरी रोप्ने गर्छन् भने जेठ-असार महिनामा गोडमेल गर्छन् । स्मरण रहोस् बिरुवा रोपेको तीन वर्षपछि मात्रै अलैँचीले उत्पादन दिन सुरु गर्छ । यसरी हेर्दाखेरि नेपाल सरकार, कृषि मन्त्रालयले नेपालका पहाडी जिल्लाका किसानहरुलाई अलैँची खेतीका लागि अनुदान दिएर आकर्षित गर्न सके किसानहरुलाई मात्रै नभएर नेपाल सरकार, नेपालका एलोप्याथिक औषधि उद्योग, आयुर्वेदिक औषधि उद्योग, वैद्यखाना, प्राकृतिक चिकित्सक, रक्सी कम्पनीहरु मसला व्यापारीहरु लगायतलाई दीर्घकालीन फाइदा हुने देखिन्छ ।