नक्कली मुख हेर्ने प्रवृत्ति प्रति बाबुआमा दुखित 

  युद्धबहादुर बोहोरा
273 Shares

साँकेतिक तस्वीर

 

इलाम: छोराछोरीले फेस्बुकको स्टार्टसमा फोटो राखी नक्कली मुख हेर्ने प्रवृत्ति बढेसंगै धेरै बुबाआमाहरु दुखित छन्।

कुशेऔंशि अर्थात बाबुको मुख हेर्न दिनको महत्त्व जे छ त्यस अनुसार छोराछोरीले नगरेको पाइएको छ। हुन त बाबुआमाको चाहना आफ्ना सन्तानले प्रगति गरेको हेर्न चाहान्छ्न् । यसैले छोराछोरी पनि जागीर,वैदेशिक रोजगारी र अध्ययन गर्न सुविधायुक्त ठाँउमा जान बाध्य छन् ।

सामाजिक संजालले टाढाको दुरिलाई नजिकै बनायो, तापनि साथमा रहे जस्तो स्याहारसुसार नपाइने बाबुआमाको गुनासो छ।  “हामीलाई मोबाइल चलाउन आउदैन,झन् अहिलेको फेस्बुक भन्ने त परै जावोस।”खै मुख हेर्न त छोराछोरी आएनन्, एक दुई बर्ष अघि चाहिँ फोटा खिचेका थिए त्यसलाई नि सम्झेर चित्त बुझाएको अनुमान गर्छन् बुढापाकाहरु । फोनमा दुई चार शब्द मिठो बोलीले जीवन गुजारा नचल्ने उनीहरुको बुझाइ छ । यस पर्वले धनसम्पती भन्दा पनि परिवार साथमा भए बेग्लै आनन्द हुने उनीहरु बताउँछन् । स्वदेशमा रोजगारीको समस्याले हाल अधिकाँश युवायुवतीहरु विदेशमा पलायन छन् । बस्तीहरुमा गाह्रो समस्या र मर्दापर्दा मलामीको अभाव छ।  एक वृद्ध आमा भन्छिन्- “विरामी पर्दा औषधी उपचारमा लैजाने मान्छे छैन, पैसाले मात्रै के गर्नु साथ नपाए पछि।”

आफ्नै जन्म भुमिमा आर्थिक उन्नति गर्न सके फोटोमा र फोन सम्पर्कबाट माया आदन-प्रदान गर्ने दिन अन्त्य हुने उनीहरुको सन्देश छ । “नक्कली मुख हर्ने प्रवृत्ति प्रति चाहीं हामी दुखित छौं, सके भेट्न आउनु हैन भने हाम्रो बुढो तस्वीरको अपमान नगर्नु ।” उनीहरु भन्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार