‘एमसीसीको विरोध गर्ने नेपाली नागरिकहरुलाई जेल हाल्छु भन्ने हो भने या जेल हाल्छु भन्यो भने यो सुनिराख्नुस्, कांग्रेसले पनि सुन्न जरुरी छ र प्रचण्डले पनि सुन्न जरुरी छ, के हेक्का राखोस् भने एमसीसीले शान्ति होईन् नेपालमा अर्को ०५२ सालको तयारी गर्दैछ । यो कुरा राम्रोसँग हेक्का राख्नुपर्छ,’– उनले भने ।
नेपाली जनताले अस्वीकार गर्दागर्दै एमसीसीलाई लाग्छु भन्ने सपना देख्नु भनेको नेपालमा युद्ध जन्माउनु भएको उनले बताए । एमसीसी नेपालका कम्युनिष्ट र वामपन्थीहरुलाई सखाप पार्ने हेतुका साथ नेपालमा प्रवेश भएको उनको दाबी छ ।
नेपालमा विकासको नाम दिएर साम्राज्यवादी घुसपैठ गर्छुभन्ने नठान्न उनले अमेरिकालाई चुनौति दिए । नेपालमा समाजिक सद्भाव खल्बल्याउने काममा राम्राज्यवादीको गोटीहरु लागेको उनको अरोप छ । कम्युनिष्टहरु सामाजिक सद्भाव भड्काउने काममा कहिले पनि नलागेको उनको भनाई छ ।
सरकारले विकास र शान्ति चाहने हो भने एमसीसी खारेज गर्न आवश्यक रहेको उनले बताए । उनले सरकार स्वाभिमानतिर उभिने कि- रिपोटर्स नेपाल