पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

इस्लामावादको एक अदालतले उनलाई सरकारी उपहार बेचेर कमाएको रकम घोषणा नगरेकामा दोषी ठहर गरेको हो । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बताएका छन् ।

फैसलापछि खानलाई लाहोरस्थित घरबाटै हिरासतमा लिइएको बीबीसीले जनाएको छ । अदालतले उनलाई एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार