रोङ गाउँपालिकाले गर्यो पर्यटन मन्त्री किराँतीसँग अन्तरक्रिया

  नयाँ बुलन्द
224 Shares

इलाम : इलामको रोङ गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसँग अन्तरक्रिया गरेको छ ।

पर्यटन मन्त्री भएपछि प्रथम पटक पर्यटकीय जिल्ला इलाम आएका मन्त्री किराँतीसँग रोङ गाउँपालिकाले समसामयिक विषयमा अन्तरक्रिया गरेको हो । रोङ गाउँपालिका कार्यालयमा भएको अन्तरक्रियामा गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णुमाया भुजेल, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले मन्त्री किराँतीलाई कार्यालयमा स्वागत गरेका थिए ।

अन्तरक्रिया पश्चात गाउँपालिका तर्फबाट अध्यक्ष स्याङ्बोले मन्त्री किराँतीलाई ज्ञापनपत्र समेत पेश गरेका छन् । अन्तरक्रियामा बोल्दै मन्त्री किराँतले रोङ गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा आफु सक्दो सहयोग गर्ने बताए । मन्त्री किराँतीले विश्वमा लोपउन्मुख सुनाखरी पाइने क्षेत्र हाँसपोखरी क्षेत्र पनि अवलोकन गरेका थिए ।

किराती सोमबार हुने पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०।०८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन किराँती इलाम आएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार