सूर्योदय नगरपालिकामा कर्मचारी माग

  नयाँ बुलन्द
1k Shares

इलाम : सूर्योदय नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो ।

सूचनाको अनुसार नगरपालिकामा सञ्चालित बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना अन्तर्गत रिक्त पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ ।

नगरपालिकाले सामाजिक परिचालक पाचौं तहमा एक जना महिला कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले ७५० रुपैयाँ दस्तुर तिरी साउन १२ गतेभित्र आवेदन दिन सक्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार