हेवा खोलाको बेलीब्रिज संचालनमा, २५ टन क्षमतासम्म एक तर्फि मात्र प्रयोग गर्न मिल्ने

  युद्धबहादुर बोहोरा
273 Shares

 पाँचथरः हेवा खोलाको बेलीब्रिज निर्माण सम्पन्नपछि आइतबारदेखि  संञ्चालनमा आएको छ ।  असार  ३ गते आएको अविरल वर्षाका कारण पाँचथर जिल्लाको हेवा खोलास्थित मोटरेवल पुल बगाएर मेची राजमार्ग अवरोध भएको थियो । त्यसपछि वैकल्पिक रुपमा  खोलामा तुइन,फड्के तथा अस्थायी डाइभर्सन पुल संञ्चालन गरि सवारी साधनहरुको  आवत-जावत हुँदै आएता पनि दिर्घकालिन भने हुन सकेको थिएन् ।

साना सवारी साधनहरुलाई प्राथमिकता,एक तर्फि मात्र पालैपालो सवारी आवत-जावत हुने,पुलको किनारमा सुरक्षा जोखिम रहेको हुँदा पैदल यात्रुलाई समेत सचेत रहन आग्रह गरिएको छ । पुलमा २५ टन भन्दा बढीको ढुवानी गर्न नमिल्ने लगायतका नियमहरु लागु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार