
इलामः जिल्ला प्रहरी कार्यालय इलामले जिल्लाका सबै स्थानीय तहमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।
अपराध मुक्त र शान्तिपूर्ण समाज निर्माणका लागि १० वटै स्थानीयतहमा समन्वय गरी जिल्लाका ४७ प्रहरी युनिट,चारवटा इलाका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा कार्यक्रमहरु संचालन गर्दै आएको प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रदिप सुवेदीले जानकारी दिए ।
विभिन्न राष्ट्रिय दिवशका अवसरमा प्रहरी कार्यालयले दिवशको उदेश्य अनुरुप स्थानीयतह र सरोकारवाला निकायहरुसँग समन्वय गरेर जनचेतना फैलाउने अभियानसहित विद्यालयका शिक्षक,विद्यार्थी,अभिभावक,स्थानीय जनप्रतिनिधि,युवायुवती,नेपाल सशस्त्र प्रहरी बल,वुद्धिजीवीलगायतको सहभागीतामा हरेक स्थानमा कार्यक्रम तथा गतिविधिहरु भइरहेको जनाइएको छ ।

लागु औषध दुर्व्यसन,ओसार-पसार, बिक्री वितरणमा रोकथाम,नियन्त्रण तथा साइवर अपराधलाई न्यूनिकरण गर्न प्रथामिकता दिंदै “तपाईले चाहे एक दिन ” भन्ने विशेष अभियान २०८० बाट समाजमा चेतना विस्तार गरिरहेको छ । बालश्रम,बाल विवाह,यौनजन्य अपराध विरुद्ध प्रशिक्षण तथा सुचना सामाग्री,ब्रोसर वितरण, जनचेतनामुलक जिङ्गल प्रसारण मार्फत जानकारी दिदै आएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन, लैङ्गिक हिंसा, महिला बालबालिका तथा घरेलु हिंसा विरुद्ध समुदाय र प्रहरी बीचको समन्वय,सहकार्य र अन्तरक्रिय गरिएको छ । समाजमा हुने विभिन्न अपराधिक घटनाको गहिरो अनुसन्धान साथै तत्काल अपराधिलाई नियन्त्रण गर्ने प्रकृया बारे जानकारी गराइन्दै आएको छ ।

यसैगरी, ट्राफिक नियम, “चालकसँग १ मिनेट’’ कार्यक्रम अन्तर्गत वर्षातको समयमा हुस्सु बढी लाग्ने भएकोले गति सिमित गर्ने, फग लाईट बालेर गाडी चलाउने, घुमाउरो बाटोहरुमा सावधानी पुर्वक चलाउने, सिटबेल्ट लगाएर मात्र चलाउने, क्षमता भन्दा बढी यात्रुहरू नबोक्ने, प्रयोजन विपरीत सवारी साधनहरु नचलाउने, सवारी दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । मन्सुनजन्य विपद प्रतिकार्यको सिमुलेशन अभ्यास ,दैवी प्रकोप न्यूनीकरण,समुदाय र प्रहरी साझेदारी कार्यक्रम जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत ईकाइहरुले निरन्तर रुपमा कार्यक्रम संचालन गरी रहेका छन् । आत्महत्या रोकथाम तथा न्यूनिकरण,सुख्खा मौसममा असावधानीको कारण आगलागीबाट हुन सक्ने क्षती र सावाधानी अपनाउनु पर्ने कुरा,सरसफाई तथा वृक्षरोपण ,शैक्षिक संस्थाहरुमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर, “नागरीक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष” अनुशिक्षण तालिमको,रेडियो कार्यक्रम “प्रहरी कार्यक्रम”, विभिन्न विधाका प्रशिक्षक मार्फत मोटिभेशनल आर्ट, बाच्ने कला र जिउने कला,योग ध्यान सिकाउँदै सचेतना फैलाउने काम गरेको प्रहरी निरीक्षक सुवेदीले बताए । वैदेशिक रोजगारमा हुने ठगी,ठगीको प्रकार, बैदेशिक रोजगार र मानव बेचबिखन तथा प्रहरीको भूमिका विषयमा पनि प्रशिक्षण दिंदै आएको छ ।

यसबीच,लागु औषध अन्तराष्ट्रिय दिवशको अवसरमा फाकफोकथुम गाउँपालिकाका विभिन्न विद्यालयमा अभियान संचालन गरिएको छ । पालिकाको आयोजनामा ३ नम्बर वडास्थित सिंहदेवी मावि आमचोक र १ नम्बर वडाको छायाँ देवी मावि लुङ्सुङ्दाङ्मा पनि सचेतनामुक कार्यक्रम सम्पन्न गरिएको १ नम्बर वडाका सचिव बिनोद कार्कीले जानकारी दिए ।



















































