काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।