उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैँसी ल्याइएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्यो भैँसीको मूल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैँसीको मूल्यसहित यसको शारीरिक बनावटको पनि चर्चा परिचर्चा हुन थालेको छ । त्यो भैँसी देखेर पनि मानिसहरू छक्क परेका छन् । घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैँसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरि सुरू भएको हो । घोलु–२ को मात्रै होइन, त्यसबाट जन्मेका देखि हजुरबुवासम्मको पनि मूल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हो । हालै मुजफ्फरनगरमा ल्याइएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ । आजतकका अनुसार त्यसैले त घोलुका परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाइएको छ ।-रातोपाटीबाट
१६ क्विन्टलको भैँसीको मूल्य १६ करोड
सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेको छ, त्यसपछि त्यसलाई मुजफ्फरनगरमा ल्याइएको हो । घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन् ।



















































