आ.व. २०७९/०८० को माघ मसान्त सम्मको चुलाचुली गाउँपालिका वडा नं. ५ बाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन-
परिचय
प्रदेश नं. १ को सुन्दर जिल्ला इलामको दक्षिणी भुभागमा रहेको चुलाचुली गाउँपालिकामा रहेका ६ वटा वडाहरुमध्येको एक वडा यस वडा नं. ५ हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस चुलाचुलि गाउँपालिकाको पश्चिमी क्षेत्रमा यस ५ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक चुलाचुली गा.वि.स. वडा नं. ८ र ९ मिलेर चुलाचुली गाउँपलिका वडा नं. ५ निर्माण भएको हो । यस वडा नं. ५ को क्षेत्रफल १२.७२ वर्गमिटर र जनसंख्या ३०११ जना रहेको छ । यस वडाको पूर्वमा चुलाचुली गाउँपालिकाको वडा नं. ४, पश्चिममा मोरङको मिक्लाजुङ र चुलाचुलीको वडा नं. ६, उत्तरमा इलामको माङ्सेबुङ गाउँपालिका र। दक्षिणमा झापाको दमक नगरपालिका रहेको छ । चुलाचुली गाउँपालिकाको वडा नं. ५ चुरे क्षेत्रमा अवस्थित छ । अधिकांश पहाडी क्षेत्र भइ केहि भुभाग समथल रहेको छ । यहाँका अधिकांश बासिन्दा कृषि कार्यमा संलग्न रहेका छन् । चुलाचुली ५ निवासी अधिकांशको जिवनस्तर मध्यम रहेको छ । विकासशील अवस्थामा रहेको वडा नं. ५ विकासको शिलशिलामा फड्को मार्रहेको अवस्थामा छ । चुलाचुली ५ मा चपेटी, सिद्ददेवी पोखरी र अन्धराजा अथाहा पर्यटकीय सम्भावना बोकेका स्थानहरु रहेका छन् , जसले चुलाचुली गाउँपालिकाको समग्र पर्यटनालाई नै प्रबर्द्धन गर्न सक्ने देखिन्छ ।
सेवा प्रवाह
चुलाचुली गाउँपालिका वडा नं. ५ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ –
- सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,
- पहिले आउनेलाई पहिले सेवा प्रवाह गर्ने गरिएको छ,
- राजश्व प्रणाली, मालपोत दस्तुरलाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको,
- योजना सम्झौतासँग सम्बन्धित सम्पूर्ण काम अनलाईन प्रणालीबाट गर्ने गरिएको,
- सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
- कामको शिलशिलामा जिल्ला सदरमुकाम इलाम पुगेर अन्य प्रमाणित कागजान आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।
- उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगाबै र कार्यलय तथा सामाजिक सञ्जाल मार्फत सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
- सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वडामा तीन स्थानहरु वडा कार्यालय, सामुदायिक भवन चपेटी, र बाझो मा.वि. शिखरकट्टेरीबाट नवीकरण गर्ने गरेको ।
- सामाजिक सुरक्षा भत्ता अति अशक्त वृद्दवृद्दाहरुलाई घरैमा र अन्यलाई वडा कार्यालयबाट नै वितरण गर्ने गरिएको ।
- सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिकबाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट र तीन लाख भन्दा माथिका योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिएको ।
राजश्व आम्दानी विवरण (माघ मसान्तसम्म)
वडा नं. ५
क्र.सं. | शीर्षक | जम्मा |
१. | नगदी रसिदबाट आम्दानी | ३,५३,१६५।- |
२. | मालपोतबाट आम्दानी | ५५,७१६.४० |
जम्मा | ४,०८,८८१.४० |
व्यक्तिगत घटना दर्ता विवरण (माघ मसान्तसम्म)
वडा नं. ५
क्र.सं. | व्यक्तिगत घटना | पुरुप | महिला | जम्मा |
१. | जन्मदर्ता | १७ | १७ | ३४ |
२. | मृत्यु दर्ता | ४ | ३ | ७ |
३. | विवा दर्ता | २३ जोडी | २३ जोडी | |
४. | सम्बन्ध विच्छेद दर्ता | नभएको | ||
५. | बसाईँसराई आएको परिवार संख्या | २६ परिवार | ||
६. | बसाईँसराई गएको परिवार संख्या | १४ परिवार |
वडामा दर्ता भएको जम्मा पत्र (माघ मसान्तसम्म)
पत्र संख्या – दर्ता नं. १ देखि सम्म
वडाबाट भएका सिफारिस (माघ मसान्तसम्म)
क्र.सं. | शीर्षक | संख्या |
१ | गा.पा पठाइएको सिफारिस | ११२ |
२ | मालपोत कार्यालय पठाइएको सिफारिस | ५१ |
३ | जिल्ला प्रशासन कार्यालय पठाइएको सिफारिस | ४९ |
४ | अन्य सिफारिस | ४९५ |
५ | जम्मा सिफारिस | ७०७ |
विकास निर्माण
चुलाचुली गाउँपालिका वडा नं. ५ बाट विनियोजन भएको बजेट शीर्षकहरु–
चुलाचुली गाउँपालिका वडा नं. ५ बाट सम्पन्न भएका योजनाको विवरण
क्र.सं. | योजनाको क्षेत्र | तर्जुमा गरिएको संख्या | सम्पन्न भएको संख्या | बाँकी |
१. | पूर्वाधार विकास तर्फ (पूजीगत) | ३२ | ९ | २३ |
क्र.सं. | योजनाको नाम | रकम | कैफियत |
१ | गौतम टोल पुच्छर र पष्प गौतमको घर देखि पश्चिममा नाली निर्माण | ३,५०,०००।- | |
२ | दाहालडाँडा बाटो ग्रावेल | २,००,०००।- | |
३ | बुकुवा पुच्छर पारहाङ्ग चोकमा नाली निर्माण | २,००,०००।- | |
४ | गैरीगाउँ ढल निकासका लागि आवश्यक सामाग्री व्यवस्थापन (प्रधानमन्त्री रोजगार सँग सम्बन्धीत) | १,००,०००।- | |
५ | विद्युत विस्तारको लागि आवश्यक सहयोग (सामाग्री ढुवानी) | १,००,०००।- | |
६ | महिमा मण्डली चपेटिको छाना ट्रष्ट निर्माण | १,५०,०००।- | |
७ | बुकुवा कल्भर्ट देखि भानु मा.वि. जाने बाटो ग्राबेल | १,००,०००।- | |
८ | गैरीगाउँ ढल निकास | १,१०,०००।- | प्रधानमन्त्री रोजगारसँग सम्बन्धित |
९ | गौतम टोल पुच्छरमा नाली निर्माण | १,००,०००।- | प्रधानमन्त्री रोजगारसँग सम्बन्धित |
१० | भानू मावि स्टेजमा टिनको छाना ट्रष्ट निर्माण | ६०,०००।- |
सम्झौता भई कार्यान्वयनको चरणमा रहेका योजनाहरु-
- बरबोटे- चपेटी बाटो खोल्सीमा धर्धरे नियन्त्रण(वडा नं. ५) – रु. २,५०,०००।–
- दाहालडाँडा कल्भर्टमा तारजाली व्यवस्थापन(पधानमन्त्री रोजगार सँग सम्बन्धित)- रु. ५०,०००।–
- कल्पाटार बाटो स्तरउन्नती तथा ग्राबेल-१,००,०००।–
- मगर टोल देखि लक्ष्मण तामाङ्को घर दक्षीण र शिखरकटेरी खसिटार बाटो निर्माण-१,००,०००।–
- बाझो मा.वि. दक्षिणबाट गणेशमान टोलसम्म बाटोको ट्रयाक खन्ने- १,००,०००।–
- सिकिमे होली धरधरे नियन्त्रण-१,००,०००।–
- चन्द्र टोल सिरानमा रतुवा खोला तटबन्धन-२,००,०००।–
- ह्युमपाइप खरिद तथा पुराई-२,००,०००।–(गाउँपालिकाले एकमुष्ट ठेक्का लगाएको)
- बाझोगाउँ मा.वि. शिक्षक व्यवस्थापन-२,२०,०००।–
- धार्मिक संघसंस्था व्यवस्थापनको योजना-१,००,०००।–
सामाजिक विकास तर्फ सञ्चालन भएको योजना-
- विद्यालयमा आधारित रहि संयुक्त अतिरिक्त क्रियाकलाप वडा नं. ५- २५,०००।– रकमको कार्यक्रम सञ्चालन भएको । जसअन्तर्गत चुलाचुली गाउँपालिका वडा नं. ५ मा रहेका २ सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई सहभागी गराई १.सरसफाई २.नियमितता(हाजिरी) ३. अनुशासित र ४. गृहकार्य/कक्षाकार्य (जेहेन्दार) विधामा प्रोत्साहित हुने गरि जम्मा १०४ जना विद्यार्थीलाई पुरस्कार वितरण गरि कार्यक्रम सञ्चलान गरिएको ।
- आ.व. २०७९/०८० को बजेटको सामाजिक विकास तर्फ रहेको आर्थिक विपन्नताको २० परिवारलाई स्वास्थ्य बिमा कार्यक्रम शीर्षकमा विनियोजन भएको ७०,०००।- बजेटबाट २० परिवारलाई स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन भएको । उक्त बिमा गरिव परिवारको घरघरमा गएर मिति २०७९।०९।१३ र १४ गते गई स्वास्थ्य बिमा कार्यकर्म सञ्चालन गरिएको थियो । जसमा बिमित भएका परिवारको पहिचानको आधार :- गरिब घरपरिवार पहिँचान गर्न वडा समिति परिचालन हुने तथा यस वडामा रहेका ७ वटै टोल विकास संस्थालाई आ-आफ्नो टोलमा रहेका २/२ गरिब परिवार पहिचान गरि पठाउन लगाई वडा समितिको निर्णयबाट अति बिपन्न २० घरपरिवार छनौट गरिएको र स्वास्थ्य बिमा गरिएको छ ।
- सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरणको व्यवस्थापन मिलाईएको, बैङ्क नै वडा कार्यालयमा आई सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको,
चुलाचुली गाउँपालिका वडा नं. ५ मा सञ्चालन भएको विभिन्न कार्यक्रमहरुको विवरण (तालिम तथा विविध)-
- काजू खेति सम्बन्धी सम्भाव्यताबारे अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको,
- घरेलु तथा साना उद्योगसँसग साझेदारीमा पशुपालन सम्बन्धी ७ दिने तालिम सञ्चालन भएको,
- कृषि विकास शाखाको आयोजनामा जैविक मल निर्माण सम्बन्धी तालिम सञ्चालन भएको,
- कृषकहरुलाई कृषि सम्बन्धी होसला र प्रोत्साहन स्वरुप सम्पूर्ण वडा बासिहरुलाई उन्नत जातको मकैको बिउँ र जै घाँसको बिउँ वितरण गरिएको ,
- पशु विकास शाखा मार्फत १३ जना कृषकलाई घासँ काट्ने च्यापकटर मेसिन वडा नं. ५ निवासी कृषकहरुलाई वितरण गरिएको छ ।
- बाझोगाउँ मा.वि. लाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ लाख ५० हजार बराबरको ICT ल्याब योजनामा परेको र सम्झौता को चरणमा रहेको ।
गाउँपालिका अन्तर्गतको बजेटबाट चुलाचुली गाउँपालिका वडा नं. ५ को लागि तर्जुमा भएका योजनाहरु-
क्र.सं. | कार्यक्रम/आयोजना/क्रियाकलापको नाम | जम्मा विनियोना | कैफियत |
१. | इमानार हुँदै शान्तिचोक जाने सडक ग्राबेल वडा नं. ५ तथा कृषि सडक मार्ग ग्राबेल वडा नं. १ | २१,५३,२८५.६२।- | सडक बोर्डद्वारा प्राप्त साझेदारीको योजना जसमा बोर्डको रु. १५,००,०००।– र गा.पा.को ६, ३,२८५.६२।– र।कम विनियोजना भएको |
२. | धिमालटार कल्भर्ट निर्माण | १६,००,०००।- | |
३. | रतुवा आँपझोला मर्मत तथा स्तरोन्नती | ४,००,०००।- | |
४. | फूइके खानेपानी वडा नं. ५ | १,५०,०००।- | |
५. | कोलडाँडा खानेपानी आयोजना वडा नं. ५(आ.ब. २०७८/७९ को क्रमागत तर्फ) | २,००,०००।- | |
६. | खसीटार खनेपानी आयोजना | २,००,०००।- | |
७. | चन्द्र नगर खानेपानी आयोजना(आ.ब. २०७८/७९ को क्रमागत तर्फ) | २,००,०००।- | |
८. | चपेटी रत्नचोक खानेपानी आयोजना(आ.ब. २०७८/७९ को क्रमागत तर्फ) | २,००,०००।- | |
१०. | बरबोटे खानेपानी आयोजना | २,००,०००।- |
प्रदेशको कार्यक्रम अन्तर्गत सञ्चालन भएका योजना-
क्र.सं. | कार्यक्रम/आयोजना/क्रियाकलापको नाम | जम्मा विनियोना | कैफियत |
१. | दुधे मावा खोला नियन्त्रण योजना | २०,००,०००।- | संस्था मार्फत |
२. | रतुवा खोला नियन्त्रण | १०,००,०००।- | संस्था मार्फत |
३. | रतुवा बुकुवा खोला नियन्त्रण | १०,००,०००।- | संस्था मार्फत |
४. | तासि दिछेन छोइलिङ गुम्बा | २५,००,०००।- | संस्था मार्फत |
५. | अन्धराजा पर्यटन प्रबर्द्धन कार्यक्रम | ११,००,०००।- |
-त्यस्तै राष्ट्रिय गौरवको योजना अन्तर्गत पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत रतुवा खोलामा पक्की पुलको निर्माण सम्पन्न भएको र बुकुवा र बिधुवा खोलमा पक्की पुलको निर्माण भइरहेको तथा बाटोको स्तरोन्नति र पक्की बनाउने काम समेत अघि बढीरहेको छ ।
– तराई मधेस समृद्दी कार्यक्रम अन्तर्गत चपेटी खानेपानी आयोजना चुलाचुली ५ को कार्यक्रम ठेक्का लागि कार्यान्वयनको क्रममा रहेको- ४५,००,०००।-
सुशासन-
यस चुलाचुली गाउँपालिका वडा नं. ५ बाट प्रवाह हुने सवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाने प्रुयास नै यस वडा नं. ५ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ५ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –
- जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास,
- नागरिक वडा पत्रको व्यवस्था,
- उजुरी पेटिकाको व्यवस्था गरिएको,
- सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
- वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल र माइकिङमार्फत सूचना प्रचारप्रसार गर्ने गरिएका,
- जनउत्तरदायी सरकार सञ्चालनको प्रयास गरिएको,
- जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।
मिति : २०७९।११।०८