चुलाचुली पाठशाला नाट्य उत्सव : दोस्रो दिन ५ नाटक मञ्चन हुने

  नयाँ बुलन्द
112 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली रंगमञ्चको दोस्रो संस्करण चुलाचुली पाठशाला नाट्य उत्सव-२०७९ को पहिलो दिन मंगलबार ५ वटा नाटक मञ्चन भए । दोस्रो दिन बुधबार पनि ५ वटा नाटक मञ्चन हुने भएका छन् ।

बुधबार झापा दमकको कदम थिएटर र सर्वोदय बोर्डिङको सहकार्यबाट ”चकलेट”, पञ्चकन्या आधारभूत विद्यालय चुलाचुली २ बाट ”द बर्ड”, पञ्चबुद्ध एकेडेमी चुलाचुली ४ बाट ”पुनर्जीवन”, चुलाचुली रंगमञ्चबाटै अर्को प्रस्तुती ”यो मेरो कथा नहुन सक्छ” र मिक्लाजुङ नाटक घर मोरङ बाट ”साइड इफेक्ट” नाटकहरु मञ्चन हुने छन् ।

मंगलबार चुलाचुली रंगमञ्चको प्रस्तुती “मेला”, अमृत बोर्डिङ बोर्डिङ चुलाचुली २ बाट “देउकी”, भानु माध्यमिक विद्याल चुलाचुली ५ बाट “वातावरण”, शब्द थिएटर र रेडस्टार बोर्डिङको सहकार्य पथरीबाट ”छोरी मान्छे भएर”, र बालज्योती माध्यमिक विद्याल चुलाचुली ४ बाट ”ख बाट” नाटकहरु मञ्चन भएका थिए ।

विद्यार्थीहरुको सिकाई प्रणालीलाई चौतर्फी बनाउन र चेतनाको स्तरलाई थप फराकिलो बनाउने उद्देश्यले आयोजना गरिएको यश उत्सवमा दुई दिने नाट्य कार्यशाला र चित्रकला कार्यशाला समेत रहेको कार्यक्रम संयोजक चेतन आङ्थुपोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार